बीपी जयन्तीको अवसरमा पुस्तकालय स्थापना



न्युज अफ नेपाल, पाल्पा ।

१०७ औं बीपी जयन्तीको अवसरमा तानसेनमा बीपी स्मृति पुस्तकालयको स्थापना गरिएको छ ।

नेपाली काँग्रेस पुस्तकालयको स्थापना गरेको हो । पुस्तकालयको नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति तथा पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले उदघाटन गर्दै पुस्तकालयले आम पाठकहरुवर्गहरुलाई वैचारिक वहस गर्न सक्ने क्षमताको विकास गराउन महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो । उहाले बीपी अध्ययन गर्ने बानीकै कारण पार्टीको शाख अहिलेसम्म जीवन्त रहेको धारणा व्यक्त गर्दै सवैले अध्ययनलाई जारी राख्नु पर्ने वताउनु भयो ।

पार्टीका पूर्व जिल्ला सभापति ठाकुर चन्द्र बीपी ले वैचारिक ज्ञान आर्जनका लागि पुस्तकको महत्वपूर्ण भूमिका रहने राष्ट्रियताको जर्गेना गर्ने सवालमा बीपीले कोही कसैसँग सम्झौता नगरेको उदाहरण दिनुभयो ।

नेपाली काग्रेसका जिल्ला सभापति तथा प्रदेश सांसद वीरबहादुर रानाले पुस्तकको अध्ययन गरी कार्यकर्तालाई बौद्धिक र क्षमतावान बनाउने उद्देश्यले पुस्तकालयको स्थापना गरिएको बताउनु भयो । उहाले बीपी कोइराला सधैव विधिको शासन सञ्चालन हुनुपर्दछ भन्ने मान्यताका पक्षधर रहेकाले आज पनि उनको विचार सान्र्दभिक रहेको बताउनु भयो ।

नेपाली काग्रेसका सचिव अजयमान कर्मचार्यले मानिसको क्षमता विकासका लागि बैचारिकता आवश्यक पर्ने भएकाले पुस्तकालयले त्यस्तो बैचारिक वहसका लागि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा पुस्तक सहयोग गर्ने दाता तथा पार्टीका कार्यकर्ताहरुलाई सम्मान गरिएको थियो । पार्टी सभापति वीरबहादुर रानाको अध्यक्षता, उपसभापति देवराज ढकालको स्वागत, सचिव झपेन्द्र गहिरेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्