चिनियाँ पत्रकारको घरमा खानतलासी 



बेइजिंग,(एजेन्सी) ।

चीनको सरकारी संचार माध्यमले चीन र अष्ट्रेलियाबिच शुरु भएको पछिल्लो तनावको क्रममा गत जुनमा अष्ट्रेलियाली गुप्तचर अधिकारीहरुले चिनिया पत्रकारहरुको घरमा खानतलाशी लिएको जनाएको छ । कुटनीतिक तनाब चर्किँदै गरेको कारण अष्ट्रेलियाली संचार माध्यमका लागि चीनमा कार्यरत दुईजना पत्रकार स्वदेश फर्केको एकदिन पछि बुधवार यो तथ्य सार्वजनिक भएको हो ।

दुइवटा चिनिया सरकारी मुखपत्रले चिनिया पत्रकारहरुलाई जुनको घटना सावर्जनिक गर्न अष्ट्रेलियाली निकायले दवाव दिएको जनाएका छन् । तर अष्ट्रेलियाली प्हरी र गुप्तचर निकायहरले यस विषयमा केहि पनि बोल्न अस्विकार गरेका छन् ।

चिनिया आधिकारिक समाचार निकाय सिन्ह्वाका अनुसार २६ जुनमा अष्ट्रेलियाली गुप्तचर अधिकारीहरुले अज्ञात संख्याका चिनिया पत्रकारहरुका निवासमा छापा मारेका थिए । यसैगरी अर्को चिनिया संचार निकाय दि ग्लोबल टाइम्सले त्यतिबेला चिनिया पत्रकारहरुसंग सोधपुछ गरिनुका साथै तिनीहरुका कम्प्युटर र स्मार्ट फोनहरु जफत गरिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्