राष्ट्रिय बाल दिवसको अवसरमा भर्चुअल प्रदेश स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय बाल दिवसको २०७७ को अवसर पारेर भर्चुअल रुपमा प्रदेश स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । समाजिक विकास मन्त्रालयको आयोजना तथा बाल सहभागितामा काम गर्ने संस्थाहरुको साझा समुह (कन्सोर्टियम नेपाल) लगायत विभिन्न संघ संस्थाहरुको समन्वयमा सात वटै प्रदेशमा प्रतियोगीताको आयोजना गरिएको हो ।

भाद्र २२ र २३ गते भएको उक्त प्रादेशिक वक्तृत्वकला प्रतियोगिताबाट छनोट भएका २१ जना बालबालिका भाद्र २५ गते हुने राष्ट्रिय स्तरको कार्यक्रममा सहभागि हुनेछन ।

सो राष्ट्रिय स्तरको कार्यक्रमबाट प्रथम, द्वितिया र तृतिया हुने सहभागिको नाम भाद्र २९ गते महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्बाट आयोजना हुने कार्यक्रममा पुरष्कृत गरिने, राष्ट्रिय बाल अधिकार परिषदका परियोजना संयोजक आत्मराम थापाले बताए ।

‘कोभिड–१९’ महामारीले बालबालिकाको शिक्षा र स्वास्थ्यमा पारेको प्रभाव र न्यूनिकरणका उपायहरु विषयक उक्त प्रतियोगीतामा ६४ वटा जिल्लाका १८० बालबालिकाले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्