ट्रमा सेन्टरका चिकित्सकले जोडिदिए दुई टुक्रा भएको रविको हात



न्युज अफ नेपाल, काठमाडौँ ।

हातबाट पूरै हत्केला चुडिएरका एक युवकको राष्ट्रिय ट्रमा सेन्टरमा सफल उपचार भएको छ ।

ट्रमा सेन्टरका चिकित्सकहरुले ती युवकको हत्केला सफलतापूर्वक जोडिदिएका छन् । सर्लाही जिल्लाको पर्सा गाँउपालिका २ निवासी १८ बर्षीय रवि सिंहको फ्लेक्स पाइप मेसिनले काट्दा हात दुई टुक्रा भएको थियो । १० घण्टा लामो शल्यक्रियापछि उनको हात जोडिएको छ ।

गत २९ असारमा दक्षिणकालीस्थित एक कारखानामा काम गरीरहेका बेला रविको हात फ्लेक्स मेसिनले दुई टुक्रा पारिदिएको थियो । हत्केलाको टुक्रा बोकेर अस्पताल पुगेको रविको प्लास्टिक सर्जरी विभाग प्रमुख प्राडा पीयूष दाहालको नेतृत्वमा रहेको चिकित्सक टोलीले शल्यक्रिया गरि जोडिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्