राष्ट्रपतिमा बाइडेन विजयी भए चीनको जित हुनेछ : ट्रम्प



वासिंगटन (एजेन्सी) ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन प्रति नरम भएकोमा डेमोक्र्याट पार्टीका राष्ट्रपतिय उम्मेदवार जोय् बाइडेनको कडा आलोचना गरेका छन् ।

नर्थ क्यारोलिनाको चुनावी र्यालीका क्रममा ट्रम्पले भने – म फेरी दोहोरयाउँदै छु । यदि बाइडेन जितेमा यो उनको होइन चीनको जित हुनेछ ।

डेमोक्र्याटक पार्टीका तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार कमला ह्यरिसलाई लिएर पनि ट्रम्पले भने, यदी उनी जितेमा यो अमेरिका कै लागि बेइज्जत हुने छ ।

डेमाक्र्याट पार्टी देशको हितलाई बेवास्ता गरेको ट्रम्पले आरोप लगाए । र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले बाइडेनको जितमा चीनको जित हुने बाहेक अर्को कुनै अर्थ नहुने बताए । जनताले कमला ह्यारिसलाई मन नपराउने बताउँदै कुनै समय उनी राष्ट्रपति हुन्छ भन्ने त्यसले अमेरिकी नागरिकको अपमान हुने ट्रम्पले बताए । कमला ह्यारिस कहिले पनि अमेरिकाकी पहिलो महिला राष्ट्रपति बन्न नसक्ने उनले बताए ।

कोरोना भाइरस महामारीलाई चीनको प्लेग बताउँदै अमेरिकी अर्थ ब्यवस्थालाई राम्रो बनाउन सकिने तर त्यसले ब्यवधान उत्पन्न गराएको ट्रम्पले बताए ।

प्रतिक्रिया दिनुहोस्