कविता : कोपिला



नारायण खनाल, अर्घाखाँची । 

जाँच्नुछ कुहेको मन उसको
मान्छेको बेइमानी नाप्ने यन्त्र कहाँ छ
नाप्नुछ चुहेको मन उसको

सहिदिन्छु छातिमा बरु कुल्चँदा
टेक्न दिन्न दुष्टका पाउले मेरो माटोमा
हाँसिदिन्छु मुटुमा अरु कुल्चँदा

पसिना पोख्छु रमाउँछु
सत्कर्मी नेपाली सन्तान हुँ म
स्वाभिमान बोक्छु रमाउँछु

आउ लाग धर्ममा अब त
जिन्दगी रसिलो बन्नेछ अवस्य
विस्वास गर कर्ममा अब त

डरलाग्छ आँसु चुहिएर सकिन्छन् कि
मनमा पीडाले डेरा जमाइरहेछ अचेल
साँच्चै यि खुसी कुहिएर सकिन्छन् कि

सत्य बोलेर मानव बन
झुटको खेतीले आफैलाई नहराउ
हो मन खोलेर मानव बन

देशको माया घुल्नाले मुटुमा
चेतको राँको आँखामा बलिरहेछ
सत्यको फूल फुल्नाले मुटुमा

बताउनुस् न गह भरेर के गरुँ
बेदनाको कलशमा आँसु चढाउन बाध्य छु
सुझाउनुस् न पीडा छरेर के गरुँ

अवश्य फुल्छ कर्म अब
खन खोरिया पोख पसिना माटोमा
जित्नेछ सत्य धर्म अब

आमाका इच्छाका फूलहरु आफै
भर्दैछु हृदयको कलशमा पसिनाले
बाबाका खुसीका मूलहरु आफै

प्रतिक्रिया दिनुहोस्