त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा.काफ्ले नियुक्त



न्युज अफ नेपाल, काठमाडौं । 

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कार्यकारी निर्देशक पदमा प्रा.डा दिनेश काफ्लेलाई नियुक्त गरिएको छ ।

त्रिभुवन विश्व विद्यालयले चिकित्साशास्त्र अध्ययन् संस्थानका डीन प्रा.डा दीव्यासिंह शाहको संयोजकत्वमा प्रा.डा घनश्याम गुरुङ र प्रा.डा रामचन्द्र अधिकारी सदस्य सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सोही समितिको सिफारिसमा डा.काफ्लेलाई त्रिविका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले ४ बर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गर्नुभएको हो । उहाँले बुधबारै अस्पताल पुगी कार्यभार सम्हाल्नुभएको छ ।

यसअघिका निर्देशक प्राडा प्रेम खड्गाले अनिवार्य अवकाश पाएसँगै प्रा.डा.रोहितकुमार पोखरेललाई तीन महिनाका लागि निमित्त निर्देशक पदमा त्रिबिले नै नियुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्