रियालाई २२ सेप्टेम्वर सम्म न्यायिक हिरासतमा राख्न अदालतको आदेश



मुम्वइ ।

बलिउडकी अभिनेत्री रिया चक्रवर्तीलाई भारतको लागु औषध नियन्त्रण निकायले आफ्नो प्रमी तथा अभिनेता सुशान्त सिंह राजपुतका लागि लागु औषध किनेर दिएको अभियोगमा गिरफतार गरेको छ । चौंतिस वर्षिय राजपुतलाई गत १४ जुनमा मुम्वइ स्थित आफ्नै फ्लयाटमा मृत अवस्थामा फेला पारिएको थियो । प्रहरीले उनले आत्महत्या गरेको बताएका थिए ।

तर राजपुतका परिवारले रियाले उनलाई आत्महत्या गर्न सघाएको भन्दै प्रहरी समक्ष उजुरी दर्ता गरेको थियो । पक्राउ पछि रियाले कुनै प्रतिक्रिया दिएकी छैन । तर यस अघि उनले आफुले कुनै पनि गलत काम नगरेको बयान दिँदै आएकी थिइन् ।

गत साता रियाका भाइ शोविक र राजपुतका पुर्व म्यानेजर स्यामुयल मिरान्डालाई पनि यहि ड्रग्सको विषयलाई लिएर प्रहरीले गिरफतार गरेका थिए । तर तिनीहरु विरुद्ध लगाइएको औपचारिक अभियोग अझ सम्म सार्वजनिक गरिएको छैन । तर यिनीहरु तिनैजनालाई सुशान्तलाई गाँजा सेवनको व्यवस्था र पैसाको बन्दोवस्त गरिदिने गरेको आरोप लगाइएको हुनसक्ने बताइएको छ । रियाको जमानत अस्विकार गदैं अदालतले उनलाई २२ सेप्टेम्वर सम्म न्यायिक हिरासतमा राख्न आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्