निर्देशक छेतेन गुरुङकाे मृत्यु



काठमाडौं– प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रेमगीत–३’ का निर्देशक छेतेन गुरुङको निधन भएको छ । निर्देशक गुरुङको गए राति मेट्रो हस्पिटल, महाराजगंजमा उनको निधन भएको हो ।

उक्त चलचित्रका अभिनेता प्रदीप खड्काले फेसबुकमा एउटा स्टाटस लेख्दै निर्देशक गुरुङको निधन भएको पुष्टि गरेका हुन् ।

अभिनेता खड्काले लेखेका छन्—‘लेखक तथा निर्देशक छेतेन गुरुङको असामयिक निधनले हामीलाई मर्माहत बनाएको छ । यस दुखद घडीमा स्वर्गीय आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति प्रदान होस् भनी भगवानसंग कामना गर्दछौं ।’

कलेजोमा समस्या भएपछि दुई दिनअघि उपचारका लागि भर्ना भएका निर्देशक गुरुङकाे उपचारकै क्रममा उनको निधन भएको प्रेमगीत–३ का निर्माता सन्तोष सेनले पुष्टि गरेका छन् ।
सेनका अनुसार आज उनको अन्तिम संस्कार गरिँदैछ ।

चलचित्र डमरुको डण्डिबियोबाट निर्देशनको यात्रा प्रारम्भ गरेका निर्देशक गुरुङले नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर–३ चलचित्र चलचित्रहरु लेखेका छन् ।

पछिल्लो समय उनी चलचित्र प्रेमगीत–३ कै यूनिटले निर्माण गर्ने नयाँ चलचित्र हु तु तुको स्क्रिप्ट लेखनमा व्यस्त थिए ।

निर्देशक गुरुङलाई सामाजिक सञ्जालमार्फत अधिकांश कलाकारहरुले श्रद्धाञ्जली दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्