रोश्मा बनिन विश्व च्याम्पियन



रामधन राई, खोटाङ

माल्टामा आयोजित सितोरियो करातेको ओटिडव्लु अनलाईन काँता विश्व च्याम्पियनसिपको उपाधी खोटाङकी रोश्मा राईले जितेकी छन् ।

भर्चुअल माध्यमबाट आयोजना गरेको २१ वर्षदेखि ३५ वर्ष उमेर समुह अन्तरगत तेश्रो केवाइयू महिला प्रतिष्पर्धामा रोश्मा लगायत शीर्ष तीन स्थानमा नेपालले कव्जा जमाएको हो । जसमा धरानकी सुमना राईले दोश्रो र खोटाङकै विद्याकला राईले तेश्रो स्थानमा कव्जा जमाएको आयोजकले जनाए ।

पहिलो र तेश्रो स्थान प्राप्त विजेता नेपाल सितोरिया कराते संघ खोटाङमा आवद्ध खेलाडी हुन् । दोश्रो स्थान प्राप्त खेलाडी भने धरान रंगशाला डोजोकी हुन् । गत अगष्टमा आयोजना गरिएको प्रतियोगीतामा नेपाल, इटाली, इङल्याण्ड, रोमानीय, जापान र माल्टाका १६ जना खेलाडी सहभागी थिए ।

रोश्मा काताका अव्वल खेलाडी हुन भने विद्याकला जिल्लामा सवै भन्दा वढी पदक भित्र्याउने सितोरियो करातेको खेलाडी हुन् ।

प्रतिक्रिया दिनुहोस्