कलाबाट पाक कलातिर



कोरोना कहरका सबैको दैनिकी फेरिएको छ। कोरानो संक्रमणका कारण जारी लकडाउनका कारण कला क्षेत्र ठप्प बन्न पुगेको छ। जसका कारण यस क्षेत्रमा संलग्न कलाकर्मीहरूको दैनिकी पनि बदलिएको छ।

यसै क्रममा धेरैजसो समय कलाकर्म र थोरै समय सेफका रूपमा व्यतित गर्दै आएका कलाकर्मी रमेश श्रेष्ठको दैनिकी पनि फेरिएको छ। उनले लकडाउन, सटडाउन र निषेधाज्ञाबाट अहसज बन्न पुगेको परिस्थितिलाई सहज बनाउन खाना डेलिभरी सेवा शुरू गरेका छन्।

सामाखुसीमा संगीत र नृत्यसम्बन्धी प्रशिक्षण दिँदै आएको निर्भाना कला केन्द्रको अध्यक्ष रहेका रमेशले राजधानीको गोंगबु चोकमा निकोलस हस्पिटालिटी सर्भिसेज प्रालिमार्पmत यो सेवा शुरू गरेका हुन्।

रमेशले लकडाउन र निषेधाज्ञाले असहज बनेको जनजीवनलाई सामान्य बनाउन सहयोग गर्न काठमाडौं उपत्यकाभरि निःशुल्करूपमा टेक वे र होम डेलिभरी सेवा उपलब्ध गराएको जानकारी गराए।

निकोलसमा यमबहादुर बुढाथोकी अध्यक्ष, बलभद्र ढकाल प्रबन्ध निर्देशक, कलाकर्मी रमेश श्रेष्ठ एक्जुकेटिभ सेफ र निर्देशक तथा सूर्य श्रेष्ठ निर्देशक रहेका छन्। रमेशले जापानी दूतावासअगाडि अर्को रेस्टुरेन्ट सञ्चालनमा ल्याउनेसमेत जानकारी गराए।

कलाकर्मी श्रेष्ठले ७० भन्दा बढी म्युजिक भिडियो निर्माण र निर्देशन गरेका छन् भने करिब २ दर्जन म्युजिक भिडियो र ५० जति विज्ञापनमा अभिनय तथा मोडलिङ गरेका छन्।

त्यसै गरी उनले थुपैै्र होटल र रेस्टुरेन्टमा सेफका रूपमा काम गरी हजारौं देशी–विदेशी पर्यटकलाई आफ्नो पाक कलाबाट मोहित बनाएका छन् भने विदेश गएरसमेत आफ्नो पाककला प्रस्तुत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्