बाँचेको छु धन्न भन्दै आए गौरव र आश्मा



कोरनो संक्रमणबाट हुने कोभिड–१९ को महामारीका कारण सरकारले जताततै लकडाउन र निषेधाज्ञा लगाएको छ। केवल संक्रमण रोक्न लगाइने लकडाउन र निषेधाज्ञा नै यो समस्याको समाधान भए जसरी सरकारले यसलाई बढाउँदै आएको छ।

जसका कारण जनजीवन असहज बन्न पुगेको छ भने अन्य उद्योगजस्तै मनोरञ्जन उद्योग धराशयी बन्न पुगेको छ। तर, गीत–संगीतका कामहरू भने जारी छन्।

यसै क्रममा घामजस्तो चम्किलो जुन हुँदैन, यति जान्न मन छ, घामले नि पोल्दियो, भुमरीमा परें भने मलगायतका गीतका रचनाकार तथा संगीतकार शिव सुवेदीको शब्द र संगीत रहेको नयाँ लोकगीत म्युजिक भिडियोसहित रिलिज गरिएको छ।

बाँचेको छु धन्न बोलको गीतमा गायक विक्रम परियार र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ। गीतको म्युजिक भिडियोमा अभिनेता गौरव पहारी र मोडल आशा खड्काको जीवन्त अभिनय रहेको छ। देवेन्द्र बब्लुले निर्देशन गरेको भिडियोमा एक सडक दुर्घटनापछि छुटेको प्रेम जोडीको कथा देखाइएको छ।

प्रेमिकाको यथार्थ नदेखेका प्रेमीको शंका र अचानक भएको भेटपछिको अवस्थालाई बब्लुले सुन्दर तवरले भिडियोमा उतारेका छन्। भिडियोका छायाँकार अनिल कृष्ण मानन्धर हुन् भने सम्पादन प्रवीण भट्टले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्