आजदेखि महालक्ष्मी व्रत तिथि आरम्भ: यस्ताे छ धार्मीक मान्यता, यसरी गरिन्छ पूजा



काठमाडौं ।

हिन्दू जोतिषशास्त्र अनुसार आज महालक्ष्मी व्रत सम्पत्ति तिथि परेको छ ।

पितृपक्षको बीच महालक्ष्मी व्रत गरिन्छ । यो व्रत राधा अष्टमीदेखि शुरू हुन्छ र पितृपक्षको अष्टमीसम्म जारी रहन्छ ।

पितृपक्षको अष्टमीमा यो व्रत समापन हुन्छ । यस व्रतलाई गजलक्ष्मी व्रत पनि भनिन्छ ।

गजलक्ष्मी व्रतको दिन हात्तीको पूजा गर्नुको साथै महालक्ष्मीको गजलक्ष्मी स्वरूपको पूजा गरिन्छ ।

यस व्रतको दिन माटोको हात्तीको मूर्ति बनाएर पूजा गर्ने चलन छ ।

जनविश्वास अनुसार यस व्रतको दिन माता लक्ष्मीको साँझपख पूजा गरी मीठो भोग दिने चलन छ ।

यस दिन भगवान विष्णुुले लक्ष्मीलाई प्राप्तिको मार्गबारे ज्ञान दिएका थिए ।

यो व्रत १६ दिनसम्म चल्छ । लक्ष्मीको रुपमा राधाको जन्म भएको दिन राधाअष्टमीदेखि पितृपक्षको अष्टमीसम्म १६ दिनसम्म हरेक दिन यो व्रत लिने गरिन्छ ।

यो व्रतका बेला चन्द्रमालाई अर्घ्य दिने चलन छ । १६ औं दिनमा विशेष पूजा अर्चना गर्ने चलन छ ।

महालक्ष्मीको पूजा व्रत गर्नका लागि साँझपख लक्ष्मीको पूजास्थललाई चोखो पानीले चोख्याउनुपर्छ । त्यसपछि रंगोली बनाएर अथवा आँटा वा बेसारले पूजा गर्नुपर्छ । त्यसपछि पूजास्थलमा रातो रंगको कपडा राख्नुपर्छ । त्यसपछि जलले भरिएको कलश राख्नुपर्छ ।

अब लक्ष्मीको मूर्ति र हात्तीको मूर्ति राख्नुहोस् । पूजा गर्दा सुनको कुनै वस्तु अवश्य राखनुहोस् । त्यसपछि लक्ष्मीको कथा वाचन गरि आरती गर्नुहोस् । फलफुल,फूल,मिठाइ र पञ्च मेवा चढाउनुहोस् ।

प्रतिक्रिया दिनुहोस्