खान नपाएर कसैको मृत्यु भएमा प्रधानमन्त्रीलाई हतकडी लगाउने इटहरीका मेयरको चेतावनी



न्युज अफ नेपाल, काठमाडौँ ।

इटहरीका मेयर द्वारीकालाल चौधरीले बन्दाबन्दीका बेला खान नपाएर कसैको मृत्यु भएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हतकडी लगाउनु पर्ने जनाएका छन् । उनले संविधानमा खाद्य सम्प्रभुताको हकको ग्यारेण्टी गरेको भन्दै कसैले भोकै मर्ने अवस्था सिर्जना भए प्रधानमन्त्री र आपूर्तीमन्त्रीलाई हतकडी लगाउनु पर्ने संविधानले व्यवस्था गरेको थिए ।

एउटा छलफलमा मेयर चौधरीले सो कुरा बताएका हुन् । उनले खान नपाएर जनता समस्यामा परेको भन्दै यो पञ्चायको जनता हैन, बौदलकालको पनि जनता नभए संघीय गणतान्त्रको जनता भएको बताए । लकडाउन गरेपनि सरकारले सबै नागरिकलाई खान दिनुपर्ने बताए ।

कसैले मुद्धा हाले सरकारलाई मुद्धा लाग्ने बताएका छन् । यो भनेको पंचालयको जनता होइन, यो बहुदलकालको जनता पनि होइन, संघीय लोकतान्त्रिक गणतन्त्रको जनता हो, त्यसैले भन्छु, ए सरकार तिमिले लकडाउन गर्यौं, रोजीरोटी पनि दिएनौं, खान त देउँ ।

खाद्य सम्प्रभुताको हत संविधानमा छ, कसैले मुद्धा दियो भने सरकारलाई मुद्धा लाग्छ । कोरोनाभाइरसले मरेको भने त ठिकै छ, करेन्ट लागेर म,रेको भए पनि ठिकै छ, पानी डुबेर, एक्सिडेन्ट भएर मरेपनि ठिकै छ तर खान नपाएर मरेको छ भने हत्कडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ ।

तपाईले लगाएको लकडाउनमा खान नपाएर मर्यो हत्कडी प्रधानमन्त्रीलाई लगाउनु पर्छ । छलफलको क्र,ममा धा,रणा राख्दै चौधरीले प्रदेश सरकार र संघीय सर,कारले स्थानीय सरकारलाई आवश्यक सहयोग समेत नगरेको बताए ।

उनले अहिले र्यापिड टेष्ट गर्ने किटहरु समेत नहुँदा क्यारेन्टाईनमा राखेकाहरुलाई आवश्यक स्वा,स्थ्य परीक्षणको गर्न सम,स्या भएको बताए । चौधरीले सुनसरीमा खाद्यन्नको लागि स,मस्या नभएको समेत बताए ।

(साहारा संदेशबाट)

प्रतिक्रिया दिनुहोस्