झिंगा मार्न खोज्दा घर ध्वस्त



पेरिस,(एजेन्सी)।

हैरान पार्ने गरी वरपर उडिरहेको एउटा झिंगा मार्ने क्रममा फ्रान्सको डोर्डोग्ने शहरमा एक पुरुषले आफ्नो घरमा विस्फोट गराउन पुगेका छन् । करिव ८० वर्षिय नाम नखुलाइएका ति वृद्धले झिंगा मार्न बिद्युतिय किटनाषक यन्त्र प्रयोग गर्ने क्रममा ग्यास चुहएर विस्फोट भएको थियो ।

स्थानिय संचार माधयमले ति वृद्धलाई सो दुर्घटनामा सामान्य चोट पटक मात्र लागेको तथा घर बस्नै नहुने गरी ध्वस्त भएको जनाएका छन् । झिंगाको कारण रिसले चुर भएका उनी बिद्यतिय उपकरण लिएर झिंगा मार्न दौडादौड गरेको स्थानिय सुड ओएस्त अखवारले जनाएको छ । तर त्यो झिंगा मारिए वा मारिएन भन्ने स्पष्ट भएको छैन ।

प्रहरीका अनुसार यसरी किरा फटेंग्रा मार्ने क्रममा विगतमा पनि दुर्घटना हुने गरेको थियो । गत वर्ष ब्राजिलमा एकजना पुरुषले केहि साङ्ला मार्न घर पछाडि धारिलो हतियार प्रहार गर्दा पेट्रोलको भाँडोमा प्वाल पर्दा दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्