अभिनय गरेबापत लाखौ पाउण्ड लिने चार्लीको नारकीय जीवनको नालीबेली



लन्डन, (एजेन्सी) । 

सन् २०१० तिर अभिनय गरेवापत सबैभन्दा बढि पारिश्रमिक लिने कलाकारहरु मध्येमा चार्ली सिन पनि पर्थे । ‘ टु एन्ड अ हाफ मेन ’ नामक सिरियलमा काम गरेवापत प्रति श्रंखलाका लागि उनले १३ लाख पाउण्ड माग्ने गर्दथे । तर नशाको कुलत र अति महत्वकाँक्षाको कारण उनको ब्रान्डिड बोस चक लार्रेसंग पनि नराम्ररी ठाकठूक पर्‍यो ।

रिह्याबबाट बाहिरिना साथ उनले बोससंग पचास प्रतिशत पारिश्रमिक वृद्धिको माग गर्दा भएको काम पनि गुमाउन पुगे । तैपनि उनी चेतेनन् र उनको पतन यात्रम रोकिएन । उनी भन्छन्, ‘ एकपटक त यति धेरै परिमाणमा ड्रग्स लिएँकी शायद त्यसले पक्कै ज्यानै लिन सक्थ्यो । ’ अहिले ५५ वर्ष पुगेका चार्लीले सन् २०१५ मा आफुलाई एचआइभी संक्रमण भएको थाहा पाए ।

उनले आफ्नो रोग गोप्य राख्नकै लागि लाखौं पाउन्ड ब्ल्याकमेलरहरुलाई लुटाए । उनले रोगको पिडा भुल्न आफुले ड्रग्स लिने र रक्सी सेवन गर्ने गरेको स्विकारेका छन् । आफ्नो जीवनको लक्ष नै भुलिसकेका हताश चार्लीले सन् २०१७ मा २८ वर्षिया मोडल जुलिया स्टाम्वलरको मायाको सहारा पाए । संयोगवश स्टाम्वलरले चार्लीका पुर्व पत्नीतर्फका दुई जुम्ल्हाहा छोरा एघार वर्षका म्याक्स र बबको हेरचाह गर्ने जिम्मेवारी पनि पाइन् । निरन्तर एन्टिभाइरल औषधि सेवन गरिरहेका चार्लीको एचआइभी स्टाम्वलरसंगको सक्रिय यौन जीवनको बाधक बनेन । तिनीहरुले सुरक्षा उपायहरु अपनाउने गरेका छन् ।

रामोन्टिक जीवन चम्किदै जाादा चार्लीको आर्थिक अवस्था भने गिरिरहेको थियो । ६० हजार पाउन्ड बन्धकी रकम नतिरेको कारण उनलको हातबाट बिभर्ली हिल्सको घर फुत्क्यो । उनले यसै वर्षको शुरुमा वास्तविक मुल्य भन्दा ३४ लाख पाउन्ड कममा अर्थात ६४ लाख पाउन्डमा उक्त सात कोठे आलिशान घर बेचे ।

सन् २०१८ उनले आफ्नो नाजुकब आर्थिक अवस्थाको कारण सन्तान हुकार्उन पुर्व पत्नी ब्रुक र डेनाइस रिचर्डसलाई दिँदैआएको रकमको परिमाण् घटाउन अदालत धाएका थिए । पछिल्लो समयमा उनले मोलतोल गरी ३ सय ३२ पाउड सम्ममा पनि बर्थडे , एनिभर्सरी र अन्य उत्सवमा आफ्नो निजी शुभकामना बेच्द ैअँएका थिए । तर करिव दुई वर्ष अघि टिल्ल रक्सी पिइरहेकै कारणले ड्राइभ गरेर अआफ्नी छोरीलाई उनको गन्तव्यमा पु¥उन नसकेकपछि बल्ल उनले नारकीय जीवनबाट आँखा खोले ।

ठूलै आत्मग्लानी भएपछि सही बाटोमा फर्केका उनी आफु सुध्रिएकोमा निकै गौरान्वित छन् । उनले व्यावसायिक जीवनलाई पनि नयाँ मोड दिने योजना बुनिरहेको युएस विक्लीलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्