सुशान्त मृत्यु प्रकरण : रिया चक्रवर्ती पक्राउ



एजेन्सी ।

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ गरेको छ ।

अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा जोडिएकी चक्रवर्तीलाई पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पछिल्लो समय चक्रवर्तीविरुद्ध सुशान्तलाई लागु औषध दिने गरेको आरोप लागेको छ ।

चक्रवर्तीको आजै मेडिकल जाँच समेत हुने जनाइएको छ । सुशान्तको आत्महत्यापछि बलिउडमा यस विषयले निकै विवाद खडा गरेको छ । बलिउडका कलाकारसमेत दुई पक्षमा विभाजित भएर आफ्ना अभिव्यक्ति दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्