स्थानीय तहका प्रमुखद्वारा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्नबाट बञ्चित



सञ्जय कार्की, रौतहट ।

स्थानीय तहमा सरुवा भएका प्रमुख प्रशासकिय अधिकृतलाई मन्त्रालयले अबिलम्ब हाजिर हुन पत्राचार गरेको छ तर हाजिर हुन गएका प्रमुख प्रशासकिय अधिकृत लाई स्थानीय तहका प्रमुखले हाजिर गर्न बाट बन्चित गरेर बिबाद निम्त्याएका छन ।

स्थानीय तहका प्रमुख सहितका जनप्रतिनिधिहरुले प्रशासनिक क्षेत्रका भन्दा पनि अन्य सेबाक्षेत्रमा कार्यरत रहेका जुनियर कर्मचारीलाई प्रमुख प्रशासकिय अधिकृतमा रुचाउने गरेपछि यस्तो समस्या आएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत भदौ १४ गते रौतहटको गरुडा नगरपालिकामा सरुवा गरिदिएका सिकिन्द्र प्रसाद साहलाई नगरप्रमुख ईनुराय यादबले हाजिर हुन बाट रोक्दै आएका छन ।

नगर प्रमुख यादबले निमित प्रमुख प्रशासकिय अधिकृत मोहम्मद मुस्ताक आलम लाई जिम्मेबारी बाट हटाइएमा कोभिड–१९ कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा बाधा पर्ने भन्दै मन्त्रालयमा पुन जिम्मेबारी दिन पत्राचार गरेका छन । मत्रालयमा लेखिएको पत्रमा बिगत आर्थीक बर्षमा जनप्रतिनिहरु बीच बीबाद रहेको स्वीकारेका नगरप्रमुख यादबले सरुवा भई आएका प्रमुख प्रशासकिय अधिकृत लाई हाजिर हुन नदिएर पुन बिबाद निम्त्याएका छन । हाजिर गर्न पुगेका प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह आएका थाहा पाएपछि गरुडा नगरपालिकामा हाजिर रजिस्टरनै लुकाइएको छ ।

गरुडा नगरपालिकामा प्रमुख इनुराय यादवका छोरा अनिल यादव र भतिजा रामसिंह यादवले वातावरण नमिलेको भन्दै प्रमुख प्रशासकिय अधिकृत लाई हाजिर गराउन नमानेका हुन । नगरप्रमुख यादब छोरा र भतिजाको सल्लाहमा चल्दै आएका छन । उता मन्त्रालयले भदौ २२ गतेको मिति देखि तीन दिन भित्र सरुवा भएको स्थानीय तहमा हाजिर गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारी लाई तीन दिनभित्र खटाइएको स्थानीय तह तथा कार्यालयमा हाजिर भई जानकारी दिन अन्यथा कारबाही गरिने जनाएको छ । २ गाउपालिका सहित १८ वटा नगरपालिका रहेको रौतहटको गौर, ईशनाथ, माधबनारायण र मौलापुर बाहेकका स्थानीय तहमा ईन्जिनियर, लेखाका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षाका कर्मचारी, स्थानीय तहका कर्मचारी लाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेबारी दिइएपछि हरेक बर्ष प्रमुख र उपप्रमुख सहितका जनप्रतिनिधिहरु बीच बीबाद हुदै आएको छ ।

गरुडा नगरपालिकामा खानेपानीका ईन्जिनियर मुस्ताक आलम, बृन्दाबन नगरपालिकामा ईन्जिनियर नागेन्द्र यादब, राजदेबी नगरपालिकामा ईन्जिनियर संजय पाण्डे, गुजरा नगरपालिकामा स्वास्थ्यका नन्देश्वर चौधरी, फतुवा बिजयपुर नगरपालिकामा स्वास्थ्यकर्मी प्रमोद कुमार गुप्ता, बौध्दिमाई नगरपालिकामा स्थानीय तहका रामईश्वर राय, राजपुर नगरपालिकामा स्थानीय तहका बैजु ठकुर, देबाही गोनाही नगरपालिकामा स्थानीयका राजदेब राम, दुर्गाभगबती गाउपालिकामा जगत कुमार साहले प्रमुख प्रशासकिय अधिकृतको जिम्मेबारी सम्हाल्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्