मनोसामाजिक समस्याको सम्बोधन गर्ने गरी तत्काल योजना बनाउन प्रधानमन्त्रीको निर्देशन



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका कारण सिर्जित मनोसामाजिक समस्याको सम्बोधन गर्ने गरी तत्काल योजना बनाएर अघि बढ्न स्वास्थ्य मन्त्रालयसहित सम्बद्घ सरकारी र निजी क्षेत्रलाई सक्रिय हुन निर्देशन दिएका छन् ।

प्रधानमन्त्री र मनोचिकित्सकबीच बालुवाटारमा भइरहेको परामर्श र छलफलका क्रममा उनले सो क्रा बताएका हुन् । निराशा, दिक्दारी, भय र त्रास मुक्त समाज निर्माण गर्नसमेत मनो चिकित्सकहरूको विशेष योगदान हुनेमा ओलीले जोड दिएका छन् ।

छलफलमा उपस्थित प्राडा सुदर्शन नरसिह प्रधान, डा. पशुपति महत, प्राडा सरोजप्रसाद ओझा, प्राडा दिव्यासिह शाह, डा. रितेश थापा, डा. सगुन पन्त, डा. अनन्त अधिकारी, डा. फणीन्द्र बराल र डा. रोशन पोखरेल लगायतले यतिबेला अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन उपायहरू प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्