रुसी कोरोना खोप ‘स्पुतनिक भी’ सर्वसाधारणका लागि खुला



मस्को (एजेन्सी) ।

रुसले आफ्नो कोरोना भाइरस खोप ‘‘स्पुतनिक भी’’ सर्वसाधारणका लागि खुला गरेको रुसी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यद्यपी यसलाई नागरिकसम्म कसरी पुर्याउने भन्ने प्रष्ट पारेको छैन । सरकार आफै खोप अभियान चलाउने हो वा बजारमा उपलब्ध गराउने हो ।

यो खोप रुसको गामेलिया रिसर्च सेन्टर अफ इपिडेमियोलोजी र रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्टले संयुक्त रुपमा विकसित गरेको हो । अबको केही महिना भित्रै धरै जसो नागरिकलाई खोप दिन सकिने मस्को मेयर सर्गेइ सोब्यानिनले आशा ब्यक्त गरेका छन् । रुसमा अहिलेसम्म १० लाख ३० हजार ६ सय ९० संक्रमित भइसकेका छन् ।

यसअघि रुस र चीनले तेस्रो चरणको क्लिनिकल परीक्षणको नतिजा आउनु अगाडी नै आफना खोपको प्रयोग गर्न अनुमति दिएका थिए । लासेन्टमा प्रकासित अध्ययन अनुसार ‘स्पुतनिक भी’ प्रभावकारी र सुरक्षित छ । लासेन्टमा सोध नतिजा प्रकासित भएपछि रुसको रिसर्च इन्स्टिच्युटले भारत लगायत कयौं देशलाई खोप परीक्षणको डाटा साझा गरेको छ । लासेन्टको लेख सामाग्रीमा खोपको परीक्षण ७६ जनामा गरिएको र यसले उनीहरुमा रोग प्रतिरोधात्मकता बृद्धी भएको उल्लेख छ ।

‘स्पुतनिक भी’को आधिकारिक वेबसाइट अनुसार रुसको योजना साउदी अरेबिया, यूएई, ब्राजिल र फिलिपिन्समा खोपको तेस्रो चरणको परीक्षण गरिएको छ । रुसको यो खोपमा भारत सहित २० देशले चासो देखाइरहेको पनि उल्लेख गरिएको छ ।

रुसी मेडिकल वाचडग यसै हप्ता खोपको गुणस्तर जाँच गर्नेछ र सेप्टेम्बर अघि अनुमति दिन सकिने अनुमान गरिएको छ । त्यसपछि सरकार उक्त खोप सर्वसाधारणमा प्रयोगका लागि स्विकृति दिनेछ ।

विश्वभरी १ सय ७५ भन्दा धेरै खोप बनिरहेको छ । यसमा करिब ३५ खोप क्लिनिकल परीक्षणको चरणमा पुगेका छन् । तिनीहरुको पहिलो र दोस्रो र तेस्रो चरणमा परीक्षण भइरहेको छ ।

चीनको कोरोना खोप

चीनले सिनोव्याकसँगै सरकारी फर्म सिनोफर्म र क्यानसिनो बायोलोजिक्सका खोपलाई आपतकालिन प्रयोगका लागि अुनमति दिइसकेको छ । यद्यपी ती तीनैवटा खोपको फेज ३ परीक्षणको नतिजा आएको छैन ।

यसबीच सोनोव्याकका सीइओलाई उदृत गर्दै कम्पनीका ९० प्रतिशत कर्मचारी तथा उनका परिवारलाई खोप लगाइएको समाचार बाहिर आएको छ । यद्यपी खोप स्वच्छिक आधारमा मात्र दिइएको बताइएको छ ।

सिनोव्याक खोपलाई कोरोना व्याक नाम दिइएको छ । यसलाई जुलाइमा नै आपतकालिन प्रयोगका लागि मन्जुरी दिइसकेको छ । फेज ३ को परीक्षण ब्राजिल र इन्डोनेसियामा सुरु भइसकेको छ ।

हालसम्म ३४ खोपको क्लिनिकल परीक्षण चरणमा छन् ती मध्य ८ वटा चिनियाँ हुन् ।

प्रतिक्रिया दिनुहोस्