निजी स्रोतका शिक्षकको पनि कोरोना विमा



न्युज अफ नेपाल, पाल्पा ।

माहामारीका कारण सम्पूर्ण शैक्षिक संघसंस्था बन्द भएको अवस्थामा पनि जोखिम मोलेर शैक्षिक गतिविधी संचालन गरेको भन्दै यहाको एक गाउ पालिकाले विद्यालयको स्रोतमा अध्यापन गराइरहेका शिक्षकहरुको कारोना विमा गरिदिनेनिर्णय गरेको छ ।

जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले शिक्षकहरुको कोरोना बिमा गरिदिने भएको हो । गाउँपालिकाले कोरोना महामारीका बेलामा समेत जोखिम मोल्दै शैक्षिक गतिविधी संचालन गरेका सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षक तथा शिक्षिकाहरुको कोरोना बिमा गरिदिने निर्णय कार्यपालिकाको बैंठकले गरेको प्रमुख प्रशासकिय अधिकृत खेतबहादुर खत्रीले बताउनु भयो ।

प्रमुख प्रशासकिय अधिकृत खत्रीका अनुसार यस अघि नै स्थायी शिक्षक कर्मचारीहरुको बिमा भए पनि निजी स्रोतका शिक्षकहरुको नभएकाले शिक्षकहरुको मनोवल उच्च राख्न यस्तो निर्णय भएको हो । गाउँपालिकाले सम्बन्धित विद्यालयका शिक्षकहरुलाई सूचना नै जारी गरी विवरण पेश गर्न आह्वान गरेको छ । विवरण पेश गर्दा विद्यालयको सिफारिस, विमितको नाम लिष्ट, नागरिकताको प्रतिलिपी अनिवार्य उपलब्ध गराउन गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाले यस अघि माहामारीका बेलामा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुको समेत कोरोना बीमा गरिदिएको थियो । कोरोना महामारीको बेला जोखिम मोलेर काममा खटिएका स्वास्थ्यकर्मी, स्वास्थ्य प्रमुख र एम्बुलेन्स चालक गरी ६१ जनाको प्रति व्यक्ति एक लाख बराबरको कोरोना बीमा गरिएको गाउ पालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्