सुडान इस्लामिकबाट धर्म निरपेक्ष राष्ट्र बन्दै



खार्तुम (एजेन्सी)

अफ्रिकी द्वन्द्वग्रस्त देश सुडानले ३० बर्षदेखिको इस्लामी शासन अन्त्य गरेको छ । सुडान सरकारले अब शासनबाट धर्म अलग गर्ने फैसला गरेको छ ।

सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदोक र सुडान पिपुल्स लिबरेसन मुभमेन्ट नर्थ विद्रोही समुहका नेता अब्दुल अजिज अल हिलुले विहिबार इथियोपियाको राजधानी अदिस अबाबामा यस मुद्दामा भएको सम्झौतामा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौतामा सुडान एक लोकतान्त्रिक देश बन्नका लागि सबै नागरिक अधिकार सुनिश्चित गर्ने प्रमुख आधारभुत बुँदाका रुपमा उल्लेख गरिएको छ । देशको संविधान धर्म र राज्य अगलाबको सिद्धान्तमा आधारित हुन पर्ने र आत्मनिर्णयको अधिकारको सम्मान गर्नु पर्ने उल्लेख गरिएको छ ।

यो सम्झौता सरकार र विद्रोही गुटबीच शान्ति सहमति भएको एक हप्ता भित्रै भएको हो । यसले सुडानको दारफुर र अन्य इलाकामा जारी हिंसा रोकिने अपेक्षा गरिएकोछ । यसअघि सुडान पिपुल्स लिबरेसन मुवमेन्ट नर्थका दुई समुह मध्य एकले धर्मनिरपेक्ष पैणाली बिना शान्ति सम्झौतामा हस्ताक्षर गर्न अस्विकार गरेको थियो । यी विद्रोही समुह नै सीमा इलाकामा सुडानी सेनासँग लडाई गर्दै आइरहेका थिए ।

कहिले बन्यो इस्लामिक राष्ट्र ?
सन् १९८९ मा उमर अल बसिरले सुडानमा सत्ता कब्जा गरेका थिए । उनले देशको शासनमा इस्लामी कानुन समावेश गरेका थिए । त्यसपछि देशको धेरैजसो भागमा कडा सरियत कानुन लागु गरिएको थियो । त्यसपछि सुडनमा कयौं कविला सरकार विरोधी बनेका थिए । बसिरको सत्ता कब्जापछि सुडान अन्तराष्ट्रिय समुदायबाट पनि अलगा हुनु परेको थियो ।

गत बर्ष बसिर सरकार अपदस्थ भएपछि देशमा बनेको अन्तरिम सरकारले खतनालाई अपराधको दर्जा दिन कानुन तयार गरेको छ । कुनै पनि स्वास्थ्य संस्था वा घरमा खतना गरिएमा तीन बर्षको सजाय र जरिवानाको सजायँ हुन सक्छ ।

यो कार्य गर्ने डाक्टर र नर्सलाई पनि कारवाही झेल्नु पर्नेछ । संयुक्त राष्ट्रको प्रतिवेदन अनुसार सुडानमा १० मध्य ९ महिलालाई खतना गरिन्थ्यो । खतना त्यसतो परम्परा हो जसमा महिलाको निजी अंगको एक हिस्सा काटेर फालिन्छ । यो प्रक्रिया अत्यन्त पिडादायी मात्र नभई अत्यन्त खतरनाक पनि हुन्छ । यस क्रममा कयौं बालिकाको ज्यान समेत जाने गर्छ ।

सुडाना इस्लामिक कानुनका अनुसार इस्लाम त्याग गरेमा मृत्युदण्ड हुन सक्ने ब्यवस्था थियो । सुडानका न्याय मन्त्री नसरुद्दिन अब्दुलबरीले पहिलाको कानुन सुरक्षाका लागि खतरा भएको बताए । यस अन्तर्गत देशमा पहिला कयौं अपराधका लागि सार्वजनिक रुपमा सजाय दिइन्थ्यो जसलाई अब अन्त्य गरिएको छ ।

अब कुनै महिलालाई बिना पुरुष नाटेदार यात्रा गर्न पनि अनुमति दिइएको छ । यसअघि नोभेम्बरमा ती प्रतिबन्ध हटाइको थियो जसमा महिलालाई सार्वजनिक स्थलमा लगाउनु पर्ने पहिरण तथा ब्यवहारको किटान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्