बझाङमा चितुवाको छाला, हड्डी सहित दुई जना प्रकाउ



ललित सिंह, बझाङ ।
चितुवाको छाला र हड्डी सहित दुई जना प्रकाउ परेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएकाे छ । बुङ्गल नगरपालिका वडानं ६ बड्डीज्यावन बस्ने बर्ष २७ काे हरजित बाेहरा र उनकै सहाेदर भाइ बर्ष २३ काे बिरेन्द बाेहरा प्रकाउ परेका हुन् ।
बुङ्गल नगरपालिकाबाट बाग्थला आउँदै गरेकाे समयमा बुङ्गल नपा वडा नं ३ सल्लेखाेल्चा भन्ने ठाउँमा हरजित बाेहराले बाेकेकाे दुई झाेलाबाट ५ केजी ताैल भएकाे ३८ थान हड्डी र अर्काे झाेलाबाट ४केजी १.५ ग्राम ताैल भएकाे ३४ थान हड्डी र हरजित बाेहराका भाइ बिरेन्द बाेहराले बाेकेकाे झाेलाबाट चितुवाको दुई छाला ७ फिट ६ ईन्च र अर्काे छाला ८ फिट ६ ईन्च लम्बाई रहेकाे छाला बरामत गरेकाे छ ।
भदाै २२ गते राति बिहान करिव २:४१ बजे सुदुरपश्चिम प्रदेस प्रहरी कार्यालय दिपायल अनुसन्धान ब्युराेकाे टाेली, ईलाका प्रहरी कार्यालय बुङ्गल, अस्थायी प्रहरी पाेस्ट बिजगडा र जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लाेकेन्दसिहं कार्कीकाे नेतृत्वमा खटेकाे प्रहरी टाेलीले चितुवाको छाला सहित दुई जना प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएकाे छ ।
प्रकाउ परेकाे चितुवाको छाला र हड्डी डिभिजन बन कार्यालय बझाङमा बुझाएको र प्रकाउ परेका दुई जना माथि थप अनुसन्धान भैईरहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लाेकेन्दसिहं कार्कीले जानकारी दिनु भएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्