बलिउड अभिनेत्री कंगना रनौतको कार्यलयमा किन मारियाे छापा ?



काठमाडाैं । बलिउड अभिनेत्री कंगना रनौतको मुम्बईमा रहेको मणिकर्णिका फिल्मको कार्यालयमा सोमबार बृहत् मुम्बई नगर निगम (बीएमसी)ले छापा हानेको छ ।

तर, के कारणले छापा मारिएको भनेर बीएमसीले स्पष्ट पारेको छैन ।

अभिनेत्री कंगनाले आफूलाई मुम्बई प्रहरीदेखि विभिन्न नेताहरूसँग सुरक्षाको डर रहेको भन्दै सञ्चारमाध्यममा अन्तर्वार्ता दिएकी छन् ।

महाराष्ट्रका मुख्यमन्त्री अनिल देशमुखदेखि शिवसेनाका नेता सञ्जय राउतसँग उनको अहिले मिडियामार्फत विवाद चलिरहेको छ ।

यसैक्रममा नेता राउतको निर्देशनमा आफ्नो कार्यालयमा बीएमसीले छापा हानेर दुःख दिएको अभिनेत्री कंगनाले बताएकी छन् ।

स्थान नाप्ने र अन्य बहानामा बीएमसीले आफ्नो कार्यालयलाई कब्जा गरेको आफ्ना सहयोगीलाई विभिन्न प्रकारका दुःख दिएको र कंगना चुप नरहे त्यसको परिणाम चाँडै भोग्नुपर्ने भन्दै धम्की दिएको यी अभिनेत्रीले उल्लेख गरेकी छन् ।

अभिनेत्री कंगनाले आफ्नो अफिसमा छापा मारेर अनावश्यक दुःख दिएको र अफिसका सामानमा क्षति पु¥याएको भन्दै ट्वीटरमार्फत त्यसको भत्सर्ना गरेकी छन् ।

आफू मुम्बईभन्दा बाहिर रहेको बेला आफ्नो फिल्मको अफिसमा व्यक्तिगत रिसइबीका कारण छापा हानिएको पनि यी अभिनेत्रीले बताएकी छन् ।

‘मैले मुम्बईमा १५ सालको मिहिनेतको कमाइबाट अफिस स्थापना गरेर फिल्म मनिकर्णिका निर्माण गरेको हुँ । यो कार्यालय र फिल्म निर्माण मेरो जीवनको एक महत्वपूर्ण सपना भएकाले यो सपनालाई तोड्नो कोसिस अहिले भइरहेको छ,’ अभिनेत्री कंगनाले ट्वीटरमा लेखेकी छन् ।

आफ्नो कार्यालय र त्यहाँ रहेका विभिन्न सामानलाई अहिले बीएमसीले अचानक छापा मारेर क्षति पु¥याएको र भोलिका दिनमा यस्तो काम अन्यले पनि गर्ने यी अभिनेत्रीले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्