सिपिएलमा आजको खेल जिते सन्दीपको टिम फाइनलमा



काठमाडाैं ।

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो सेमिफाइनलमा सन्दीप लामिछाने आबद्द जमैका तालावाजले ट्रिन्बागो नाइट राइडर्ससँग खेल्ने भएको छ ।

लिग चरणमा चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको जमैकाले शीर्ष स्थानको नाइट राइडर्ससँग खेल्ने भएको हो ।

ब्रायन लारा क्रिकेट स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल आज साँझ नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।

पहिलो सेमिफाइनल खेलको विजेताले फाइनलमा स्थान बनाउने छ । दोस्रो सेमिफाइनलमा गुएना अमेजन वारियार्स र सेन्ट लुसिया जोउक्स भिड्ने छन् ।

दोस्रो सेमिफाइनल बुधबार हुनेछ ।

लिग चरणमा जमैकाले १० खेलमा ३ जित निकाल्दै ७ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो ।

यता नाइट राइडर्स भने प्रतियोगितामा अपराजित रहेको छ । निकै लयमा रहेको उसको १० खेलमा २० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

नेपालका ग्लोबल आइकन सन्दीपले लिग चरणको १० खेल खेल्दै ९ इनिङस बलिङ गर्दा १२ विकेट लिन सफल भएका छन् । सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा पाचौं स्थानमा छन् ।

सन्दीप जमैकाका लागि सर्वाधिक विकेट लिनेको दोस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्