एम्बाप्पेलाई कोरोना संक्रमण



एजेन्सी ।

फ्रान्स तथा पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड क्लियन एम्बाप्पेलाई कोरोना संक्रमण भएको छ ।

कोरोना परिक्षणको क्रममा उनमा पोजेटिभ देखिएको हो । पीएसजीको खेलाडीमा कोरोना देखिने एम्बाप्पे सातौं खेलाडी बनेका छन् । शनिबार स्विडेनविरुद्धको खेलमा एक गोल गरेका एम्बाप्पेका कारण टिम विजयी भएको थियो । तर, उक्त म्याचपछि उनको स्वास्थ्य परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । उनलाई सेल्फ आइसोलसनमा राखिएको छ ।

पीएसजीका अरु पोजेटिभ देखिएका खेलाडीसँग उनीपनि कोरोना देखिने खेलाडीको सूचीमा परेका छन् । यसअघि नेयेमार, एञ्जल डी मारिया, माउरो इकार्डी, लियोनाद्रो परेडेसलाई कोरोना संक्रमण भएको थियो । त्यस्तै, केलोर नाभास, माक्विनोसमा पनि पोजेटिभ देखिएको थियो ।

कोरोनाबाट संक्रमित बनेपछि एम्बाप्पेले मंगलबार राति नेसन्स लिगमा क्रोएसियाविरुद्ध हुने खेल नखेल्ने भएका छन् । फ्रान्सले घरेलु मैदानमा मंगलबार राति क्रोएसियासंग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्