कंगनालाई दुई श्रेणीको सुरक्षा



बलिउड अभिनेत्री कंगना रनावत र भारतीय शिव सेना नेता सञ्जय राउतबीचको विवाद चुलिँदै गएपछि भारतको केन्द्रीय गृह मन्त्रालयले कंगनालाई वाई श्रेणीको सुरक्षा प्रदान गरेको छ।

कंगनाका पिताले आफ्नी छोरीको सुरक्षा माग गरेपछि हिमाञ्चल प्रदेशले पनि कंगना रनँवतलाई सुरक्षा दिने घोषण गरेको थियो। जी न्युजको अनलाइन संस्करणमा जनाइएअनुसार हिमाञ्चल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले राज्यले कंगनाको सुरक्षाको निर्णय लिएको र उनको मुम्बई यात्रामा पनि सुरक्षा दिने घोषणा गरेको पनि विवाद बढ्दै जाँदा उनलाई केन्द्रीय गृहमन्त्रालयले सुरक्षा प्रदान गरेको हो। गृह मन्त्रालयको सूत्रलाई उद्धृत गर्दै समाचारमा कंगनाले २ जना पर्सनल सेक्युरिटी अफिसर र ११ जना सुरक्षाकर्मी रहने जनाइएको छ। केही दिनयता कंगना र भारतीय शिव सेना नेता सञ्जय राउतको विवाद चुलिएपछि कंगनाले आफूलाई निकै धम्की आएको दाबी गरेकी थिइन्।

सुशान्तसिंह राजपुतको आत्महत्याबाट निधनपश्चात् लगातार मुम्बई पुलिसको कामप्रति सवाल उठाइरहेकी कंगनाले केही दिनअघि एक ट्विट गरेकी थिइन्। जसमा उनले लेखेकी थिइन्– ‘एक अभिनेताको निधनपश्चात् मैले ड्रग तथा फिल्म माफियाको ¥याकेटबारे आवाज उठाइरहेको छु। मलाई मुम्बई प्रहरीको विश्वास लाग्दैन।

किनभने मुम्बई प्रहरीले सुशान्तसिंहको सिकायतलाई नजरअन्दाज गरेको थियो। सुशान्तले आफ्नो मृत्युअघि मानिसले आफूलाई मारिदिने धम्की दिएको कुरा प्रहरीसामु राखेका थिए। तर, यसको बाबजुद उनलाई मारियो। त्यस कारण म मुम्बई प्रहरीबाट असुरक्षित महसुस गर्द्छु।’ कंगनाको यो ट्विटप्रति शिव सेना पार्टीका नेता सञ्जय राउतको जवाफ थियो– ‘यदि मुम्बई पुलिसदेखि डर लाग्छ भने मुम्बई नआउनु।’ सत्तारूढ शिव सेना पार्टीले मुखपत्र निकाल्दै कंगनाले मुम्बईमै आएर सबथोक हासिल गरेर मुम्बई प्रहरीकै अपमान गरेको, प्रहरीविरुद्ध गलत कुरा बोलेको र उनको आलोचना हुन पर्ने माग राखेको थियो। साथै शिव सेनाका नेता सञ्जयले कंगनाले महाराष्ट्रका विरुद्ध बोलेकाले माफी माग्नुपर्ने र कंगना मानसिक रोगको शिकार भएका कारण यस्तो अभिव्यक्त दिएको बताएका थिए। विवाद बढ्दै जाँदा शिव सेनाका समर्थकले कंगनालाई मुम्बई नफर्किन धम्की दिइरहेका थिए भने कंगनाको विरोधमा उत्रिएका थिए।

यसपछि कंगनाले सञ्जयले आफूलाई धम्की दिएको आशयका पोस्ट गरेकी थिइन्। कंगनाले एक भिडियो पोस्ट गरिन्। जहाँ उनले भनेकी थिइन– ‘तपाईंहरू मलाई मुम्बई नआउन धम्की दिइरहनुभएको छ। म ९ सेप्टेम्बरमा मुम्बई आउँदै छु, त्यही भेटौंला।’ राज्यबाट सुरक्षा पाएपछि कंगनाले गृहमन्त्री अमित शाहलाई धन्यवाद दिँदै भारतीय चेलीको मान राखेको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्