कोरोनाको ढोका



बरु वनको बाघले खाओस्, मनको बाघले नखाओस्। यो नेपाली उखानलाई आधार मान्दै ढोका नामक फिल्ममा उतारिएको छ।

विश्व महामारीका रूपमा फैलिएको कारोना भाइरस (कोभिड–१९) का कारण मानिसमा परेको मनोसामाजिक समस्यालाई लिएर बनेको ढोका फिल्म हालै सार्वजनिक गरिएको छ।

वन्डेड लायन प्रोडक्सन र डीएआर मुभिज एन्ड फिल्म्स्को संयुक्त प्रस्तुति रहेको ढोका फिल्ममा लेखन तथा निर्देशन दिवस धितालको रहेको छ। नयकका रूपमा काम गरेका दिवसले पछिल्लो समयमा निर्देशनमा पनि काम गरिरहेका छन्। दिवसले यसमा कलर डिजाइन पनि गरेका छन्।

आम मानिसलाई कोरानाका कारण परेको मानसिक तनावलाई ढोकामार्फत उतारिएको निर्दशक धितालले बताए। फिल्मको छायांकन तथा सम्पादन वरुण कोइरालाले गरेका छन्। वरुण भारतमा गएर फिल्म छायांकन अध्ययन गरी केही वर्ष भारतको फिल्म उद्योगमै छायांकनको अनुभव लिएर नेपाल आएका छायाँकार हुन्।

वरुणले यस फिल्ममा साउन्ड डिजाइन को पनि काम गरेका छन्। ढोका राजाराम गौतमले निर्माण गरेका हुन्। फिल्ममा कलाकारहरू आकाश शर्मा, विशाल बस्याल, नवराज अर्याल, अमृत बस्याल र नवराज भण्डारीको अभिनय रहेको छ। फिल्म वन्डेड लायन प्रोडक्सनको अफिसियल युट्युब च्यानलबाट दर्शक माझ आएको छ ।

प्रतिक्रिया दिनुहोस्