निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् भदाै २३ गते मंगलबारकाे दैनिक राशिफल



आजको पञ्चाङ्ग–
वि.सं.२०७७ भदौ -२३,मंगलवार, ई.सं.२०२० September – ८ , शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि -षष्ठी , २०:१७ बजे उप्रान्त सप्तमी,नक्षत्र-भरणी , ०६:३२ बजे उप्रान्त कृत्तिका,योग-व्याघात , १६:४६ बजे उप्रान्त हर्षण,करण-गर ०७:२४ बजेदेखि वणिज , २०:१७ बजे उप्रान्त वालव,चन्द्रराशि-मेष, आनन्दादि योग-मुसल, सूर्योदय-५:४६, सूर्यास्त-१८:१५,दिनमान-३१ घडी ११ पला,षष्ठी श्राद्ध। शिक्षा तथा साक्षरता दिवस। सर्वार्थसिद्धि योग ६:१७ देखि २०:१७ बजेसम्म। त्रिपुष्कर योग २०:१७ बजेपछि।

राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – नयाँ काममा योजना बन्नेछ । पुरानो काम थाति बस्नेछन् । नातागोता रमाइलोमा रमिनेछ । शत्रु हरु पनि मित्र बन्न सक्छन,सानातिना कामको झमेला आउनसक्छ ,परिवारमा शान्ति हुनेछ,आफन्त बाट धोका हुन् सक्छ,आजको शुभ अंक १० रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – फाइदा अरुलाइ जानेछ । खानपिनमा बढी खर्च हुनेछ । रमाइलोमा दिन बित्नेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,पारीवारिक सहयोग बढ्ने छ,आजको शुभ अंक ५ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – मनोरञ्जनमा खर्च बढी हुनेछ । व्यापार सामान्य हुनेछ । कृषि खाद्यान्न काममा सफलता पाइनेछ । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,आजको शुभ अंक ६ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ । लेनदेन पुरानो कर्मको फल मिल्नेछ । प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,बोलीको अनर्थ लाग्न सक्छ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,आजको शुभ अंक ३ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – अधुरा काम शुरु हुनेछ । घरायसी काममा बाधा आउनेछ । प्रेममा शंका पर्नेछ । अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ, आजको शुभ अंक १ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– स्वास्थ्यमा धन खर्च हुनेछ । यात्रामा अवरोध पर्नेछ । पारिवारिक विवादको सृजना हुनेछ । घरायसी वातावरणमा केही धमिलोपन आउने छ,लेनदेन मा विवाद हुनेछ,आर्थिकमा रुपमा सफल भइनेछ ,आजको शुभ अंक ४ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – व्यवसायिक भार आइपर्नेछ । पुरानो मित्र भेटघाट हुनेछ । प्रेममा खुशी बढ्नेछ । लेनदेन आदिमा फाइदा हुनेछ,आर्थिक संकट पर्नेछ,शारीरिक मानसिक पिडा बढ्ने छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– स्वास्थ्यमा सुधार आउनेछ । शत्रुले आँखा लाउनेछन् । प्रतिष्पर्धाको सामना हुनेछ । सानातिना कामको झमेला आउनसक्छ ,नसोचेको काम बन्ने सम्भावाना छ,छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ,आजको शुभ अंक २ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– सन्तानको सहयोग मिल्नेछ । यात्रामा बढी खर्च हुनेछ । आम्दामीका अवसर मिल्नेछ। तातो रिस गर्नाले काम बिग्रिनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,बोलीमा विचार पुराउनु होला,आजको दिन तेती राम्रो छैन बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ७ रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – घरायसी कुराले तनाव आउनेछ । । काममा शंकाले बाधा गर्नेछ । व्यापारमा सामान्य लाभ हुनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– दाजुभाइको मित्रतामा सुधार हुनेछ । छोटो यात्राको मजा मिल्नेछ । नयाँ जिम्मेवारीमा उत्साह बढेर जानेछ । संकल्प गरेको काम सफल हुनेछ,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,यात्रा घातक बन्न सक्छ,आर्थिक समस्या पर्ने छ,आजको शुभ अंक ७ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – सम्पत्तिको लोभ बढ्नेछ । भोजनको सुख मिल्नेछ । कुटुम्ब भेटघाट हुनेछ । दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,खानेकुरा मा विचार पुराउनु होला,आत्म–विश्वास बढ्नेछ ,आजको शुभ अंक ९ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्