सुशान्तकी बहिनीविरुद्ध रियाले दिइन् ६ पेज लामो उजुरी



एजेन्सी ।

बलिउड अभिनेत्री रिया चक्रवर्तीले सुशान्त सिंह राजपुतकी बहिनी प्रियंका सिंहसहित राम लोहिया अस्पतालका डाक्टर तरुनविरुद्ध मुद्दा दायर गरेकी छन् ।

चक्रवर्तीले उनीहरु विरुद्ध मुम्बइ प्रहरीमा जालसाजीको उजुरी दिएकी छन् । औषधि खरिदमा किर्ते गरेको आरोप गाउदै चक्रवर्तीले ६ पाना लामो उजुरी दिएकी हुन् ।

सुशान्तको मृत्युपछि अनुसन्धानको घेरामा परेकी रियाविरुद्ध अहिले भारतीय मिडिया लगाएत जनातानै लागि परेका छन् । अनुसन्धानमा रियामाथि शंका लाग्ने विभिन्न कुरा बाहिर आएपछि पछिल्लो समय जताततै रियाको विरोध हुन थालेको छ । रियाले सुशान्तलाई विभिन्न लागुऔषध सेवन गराइ मर्न बाध्य बनाएको रियामाथि आरोप लागेको छ । यस कारण सिंगो बलिउडनै अहिले दुई पक्षमा विधाजीत भएको छ ।

प्रतिक्रिया दिनुहोस्