लद्दाख सीमामा चिनियाँ सैन्य अभ्यासले भारतमा सन्त्रास



बेइजिंग (एजेन्सी) ।

चीनले पुर्वी लद्दाखको विवादास्पद भुमीमा युद्ध अभ्यास थालेको छ । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनका अनुसार सुदुर पश्चिम चीनका भइरहेको उक्त लाइव फायर ड्रिलमा १ हजार सैनिकले हिस्सा लिइरहेका छन् ।

तीन सैनिक सय गाडीबाट त्यहाँ पुगेका हुन् । उनीहरुलाई चीनको रेलवे लाइन हुँदै लद्दाख सीमा नजिक पुर्याएको हो । यस सैन्य अभ्यासमा चीनले तोप, ट्याँक र क्षेप्यास्त्रको प्रयोग गरेका छन् ।  यसबीच भारतिय सेनाले पेगोंग इलाकाका पहाडहरुमा कब्जा गरेको भारतले दावी गरेको छ ।

भारतिय सेनाले तत्काल उक्त इलाकामा थप सैनिक तैनाथ गरेको छ । भारतले लाइन अफ कन्ट्रोल पेगोग तालको पिंmगर ८ सम्म रहेको र फिंगर ४ र ५ मा चिनियाँ सैनिकको तैनाथ स्विकार्य नहुने जनाएको छ ।

चीनले भारत तर्फको १ हजार किलोमिटर सिमा अतिक्रमण गरेको भारतको आरोप छ भने चीनले त्यसलाई अस्विकार गर्दै भारतिय भुभाग कब्जा नगरेको जनाएको छ ।

चीनसँगको सीमा विवादलाई लिएर चीन र भारत युद्धको स्थितिमा पुगेको विज्ञहरुले अनुमान गरेका छन् । यसबीच भारत कार विदेश मन्त्री सांघाइ सहयोग संगठनको सम्मेलनमा भाग लिन मस्को पुगेका छन् । यस सम्मेलनका क्रममा विदेशमन्त्री एस जयशंकरले मस्कोमा चीनका विदेशमन्त्री वांग यीसँग वार्ता गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्