उत्कृष्ठ निजामती कर्मचारीमा नर्स उषा देवकोटा १ लाख राशीसहित पुरस्कृत



न्युज अफ नेपाल, काठमाडौं  । 

१७ औं निजामती सेवा दिवसका अवसरमा कोरोना संक्रमणका कारण विगतमा जस्तो जमघट र भेला नगरी निजामती कर्मचारीका साथ स्वास्थ्यकर्मीहरुलाई पनि पुरस्कार तथा सम्मान गरिएको छ । आन्तरिक मूल्याकनका आधारमा स्वास्थ्यकर्मी सम्मानित भएका छन् ।

कोरोना संक्रमणको शुरुवाती दिन देखि निरन्तर रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसीयूमा नर्सिङ इन्चार्जको जिम्मेवारी सम्हाल्दै आउँनुभएकी नर्स उषादेवी देवकोटाले उत्कृष्ठ निजामती कर्मचारी छैठौ तहको नर्सले नेपाल सरकारका तर्फबाट १ लाख पुरस्कार प्राप्त गर्नुभएको छ ।

विगत २५ बर्ष देखि विभिन्न अस्पतालमा रही नर्सिङ पेशामा आवद्ध देवकोटाको मुख्य लक्ष्य भनेको बिरामीलाई सेवागरेर खुशी पार्नेमै बित्थे । उहाँ पुरस्कार पाउनका लागि नभै वास्तमै आफुले पाएको शिक्षाको पूर्ण सदुपयोग गरेर बिरामीको सेवामानै खुशी हुने नर्स भएकाले आज पुरस्कारको भागिदार हुनुभएको अस्पतालका निर्देशक डा.सागरराज भण्डारी बताउँनुहुन्छ ।

त्यसैगरी कोरोना संक्रमणका समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेर रातदिन नभनी महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने स्वास्थ्य मन्त्रालयका सहसचिव रघुराम विष्टलाई पनि यसबर्षको निजामती सेवा पुरस्कारबाट सम्मान गरिएको छ ।

यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको छ । उत्कृष्ट पुरस्कार पाउनेहरूमा सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, जनकराज दाहाल, डिलाराम पन्थी, सुरतकुमार बम, टामलाल पाण्डे, सुवास श्रेष्ठ, उषादेवी देवकोटा र धनबहादुर लामा हुनुहुन्छ ।

यसैगरी निजामती पुरस्कार पाउनेहरूमा रघुराम विष्ट, गोपालप्रसाद रिजाल, भीमकुमार श्रेष्ठ, खोमराज कोइराला, कुवेर नेपाली, रोशनीदेवी कार्की, अञ्जनकुमार मिश्र, डा. वीरेन्द्रकुमार मिश्र, बाबुराज अधिकारी, टीकाराम ढकाल, रञ्जितकुमार भट्ट, सन्तोष निरौला, सावित्री पौडेल बेलबासे हुनुहुन्छ ।

यसैगरी मञ्जुसिंह भण्डारी थापा, सन्तोष दर्जी, इन्दिरा ज्ञवाली, गजराज घिमिरे, नानुका पोखरेल आचार्य, प्रकाश प्रेमी गैरे, जयदेव विष्ट, लालबहादुर विष्ट, मनिला मादेन, सुदर्शन खनाल, शिमला श्रेष्ठ, भरतकुमार कार्की, उमेश घटवार, सरस्वतीकुमारी श्रेष्ठ, गेदलाल खत्री, कमला थापा र अनुज फुयालले निजामती पुरस्कार प्राप्त गर्नुभएको संघीय मन्त्रालयद्धारा सार्वजनिक गरिएको नामावलीमा उल्लेख गरिएको छ । विगत बर्षमा नीजामती कर्मचारीलाई मात्र लक्षित गरिँदै आएको यो पुरस्कारका लागि कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई पनि दिने निर्णय गरेको जनाएको छ । उत्कृष्ठ निजामती पुरस्कार पुरस्कारको रासी १ लाख तथा निजामती पुरस्कारको रासी ५० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्