पाल्पामा थपिए ४ कोरोना संकमित, समुदायमा फैलिएपछि जोखिम बढ्यो



न्युज अफ नेपाल, पाल्पा  ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले. पाल्पामा चार जना कोरोना संक्रमित थपिएको जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थील अनुसार आइतवार साँझ र सोमवार प्राप्त नतिजामा ४ जना कोरोना पोजेटिभ थपिएका हुन् ।

थपिएकाहरुमा माथागढीका ३ पुरुष, तानसेनका एक महिला रहेको वताइएको छ । माथगढीमा सङक्रमित हुनेहरू सबै भारत तथा तेस्रो मुलुकबाट आएर होम क्वारेन्टाइनमा रहेको वताइएको छ । तानसेनकी एक महिला पाल्पा जिल्ला अस्पतालमा उपचाररत महिला हुन । उनमा कोरोना पुष्टि भएकाले आइतवार साँझ देखि जिल्ला अस्पतालको आकस्मिक वाहेक अन्य सेवा वन्द गरिएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाभर ६ सय १० जनामा कोरोनाको संक्रमण भएको छ ।  कार्यालयका अनुसार पाल्पामा ५ सय ६५ जनाले कोरोना जितेर घर फर्किएका छन् भने यो अवधिमा पूर्वखोला र तानसेनका गरी २ जनाको निधन भएको छ । यस सँगै जिल्लामा कुल संक्रमण ६ सय १० जना पुगेको हो ।

समुदायमा कोरोना फैलिए पछि सुरक्षा चिन्ता : 

जिल्लामा संक्रमित वढेसँगै समुदायमा पनि कोरोना देखिएपछि चिन्ता थपिन थालेको छ । जिल्ला सदरमुकाम तानसेन, तिनाउ गाउपालिका, रम्भा गाउपालिका लगायतका स्थानमा हालसम्म समुदायमा कोरोना देखिएको र समुदायमा देखिएका संक्रमितको सम्पर्कमा अरु पनि आएको हुन सक्ने र अरुमा पनि संक्रमण फैलिएको हुन सक्ने हुनाले सुरक्षाको विषयलाई लिएर चिन्ता देखिएको हो ।

स्थानीय तहले संक्रमितहरुलाई आइसोलेसनमा राखेको वताए पनि यस अघि विभिन्न व्यक्तिको सम्पर्कमा भएको हुन सक्ने र पारिवारिक सदस्यहरुले पनि खासै सुरक्षात्मक उपाय नअपनाएको हुनाले चिन्ता थपिएको हो । जानकारहरु कन्ट्याक्ट ट्रेसिङ्ग र समुदायमा परिक्षणको दायरा वढाइ थप कडाइ अपनाउन सुझाव दिन्छन तर पछिल्लो समयमा पसलहरु ख्ुालेको र आवतजावत वढी भएको हुनाले संक्रमणको खतरा वढेको वताइएको छ ।

प्रतिक्रिया दिनुहोस्