भोली शिक्षा दिवस नमनाउने निर्णय, मिति घोषणा गर्ने तयारीमा मन्त्रालय



न्युज अफ नेपाल, काठमाडौं ।

यो वर्ष सरकारले शिक्षा दिवस नमनाउने भएको छ । कोभिड– महामारीको कारण योवर्ष शिक्षा दिवस नमनाउन लागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अबदेखि शिक्षा दिवस बनाउन अर्कै मिति घोषणा गर्ने भएको छ ।

मन्त्रालयले हिजो आइतबार जारी गरेको विज्ञप्तिमा भोली अर्थात सेप्टेम्बर ८ का दिन साक्षरता दिवस मात्र बनाउने जनाएको छ । राष्ट्रिय शिक्षा दिवस मनाउने दिन तथा कार्यक्रमहरु मिति तय भएपश्चात जानकारी गराईनेछ–मन्त्रालयका प्रवक्ता दीपक शर्माद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले भोली साक्षरता दिवस सम्बन्धी कार्यक्रमहरु मात्र स१चालन हुने जानकारी गराएको छ । मन्त्रालयका अनुसार सेप्टेम्बर ८ का दिन अन्तरष्ट्रिय साक्षारता दिवस भएकोले सो सम्बन्धी मात्र कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

Press_Release_regarding_Education_Day

प्रतिक्रिया दिनुहोस्