डायलाइसिसका बिरामीको निःशुल्क पीसीआर



बुटवल उपमहानगरपालिकाले बुटवलमा डायलाइसिस गराउने बिरामीको निःशुल्क पीसीआर परीक्षण गरिदिन भएको छ ।

डायलाइसिस गराउनुअघि कोभिड संक्रमण भए/नभएको यकिन गरिने भएपछि थप उपचारमा सहजता हुने भएको छ ।

बुटवलमा स्थायी बसोबास गर्ने तथा उपचारका लागि बुटवलमै डेरा गरेर बस्दै आएका डायलाइसिसका सबै बिरामीलाई कोभिडको सबै परीक्षण निःशुल्क गर्न लागेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्