क्यालेन्डर निर्माण गर्न मन्त्रीको निर्देशन



काठमाडौं,(नेस) ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सबै विश्वविद्यालयले कोभिड केन्द्रित क्यालेन्डर निर्माण गर्न निर्देशन दिनुभएको छ ।

उहाँले ६ महिनाभित्र क्यालेन्डर निर्माण गरी सार्वजनिक गर्न निर्देशन दिएको बताउनुभएको छ ।

मन्त्रिपरिषद्को बैठक सकेलगत्तै मन्त्रालयबाट आयोजना गरिएको भर्चुअल पत्रकार सम्मेलनमा उहाँले कुनैपनि बहानामा क्यालेन्डर निर्माण नगरी विद्यार्थीलाई अन्योलनमा नपार्न विश्वविद्यालयका उपकुलपतिलाई चेतावनी दिनुभएको छ ।

समग्र शिक्षाको अवस्थाबारे जानकारी गराउँदै मन्त्री पोखरेलले कोभिड–१९ का कारण करिब ९० लाख विद्यार्थी पठनपाठनबाट वञ्चित भएको उल्लेख गर्दै तत्काल वैकल्पिक विधिबाट पढाइ सञ्चालन गर्न सबै निकायलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो–‘तत्काल पढाउने वातावरण तयार गर्नुुस्, विद्यार्थीको शैक्षिकसत्र खेर नजाने गरी कार्ययोजना र क्यालेन्डर तयार पार्नुस् ।’

प्रतिक्रिया दिनुहोस्