कोरोना भाइरसको असर फोक्सोमा मात्रै हुन्छ कि शरीरको अन्य भागमा पनि ?



काठमाडौं ।

कोभिड १९ (कोरोना भाइरस)बाट धेरै जनामा केही लक्षण नै देखिँदैन, तर केही मानिसलाई हप्तौं अस्पतालमा राख्नु पर्छ । भाइरसले मानिसको शरीरमा भिन्न किसिमले असर पु¥याउँछ ।

उसोभए यो रोगले शरीरमा के गर्छ त ? कोरोनाको संक्रमण हुँदा मानिसको फोक्सो, रोग प्रतिरोध प्रणाली र मस्तिष्कमा कस्तो असर पुग्छ ?

कोरोना भाइरस मुख, नाक र आाँखाबाट शरीरभित्र छिर्छ । पहिलो यो नाक, घाँटी, श्वासनली र फोक्सोको सहतमा भएका कोषहरुमा टाँसिन्छ ।

भाइरसले ती कोषमा बसेर आफ्नो संख्या विस्तार गर्छ । गम्भीर संक्रमण हुँदा बिरामीमा ज्वरो र खोकी देखिन्छ । अनि श्वास फेर्न गाह्रो हुन्छ ।

यो भाइरसले फोक्सोको सतहमा भएका रक्तनलीमा क्षाित पु¥याउन तथा रगत गम्ने क्रम शुरु गराउन सक्छ ।

फोक्सोमा हुने स–साना कक्षबाट रगतमा अक्सिजन जान्छ । तिनमा जलन र सूजन भयो भने निमोनिया पनि हुन सक्छ ।

सिकिस्त परेका बिरामीलाई अक्सिजन दिनुपर्छ । किनभने फोक्सोमा विकार र तरल पदार्थ जमेको हुन्छ ।

कोभिडबाट निको भएका एक जना व्यक्ति जिमी फ्लोर्स आफ्नो अनुभव सुनाउँदै भन्छन्, ‘म साँच्चै श्वास फेर्न सक्दिनथेँ । अक्सिमिटरमा अक्सिजनको मात्रा ८८ प्रतिशत मुनि देखियो । जुन एकदमै डरलाग्दो हो । अनि त्यहि बेला मात्र मलाई मेरो जीवन जोखिममा परेको छ भन्ने लाग्यो ।’

कोरोना भाइरसले केवल फोक्सोलाई मात्र असर पु¥याउने हैन । यसले वाह्य आक्रमण प्रतिरोग गर्ने शरीरको क्षमतलाई पनि छिन्नभिन्न पारिदिन सक्छ ।

शरीरले बनाउने साईटकाईन नामक सुक्ष्म प्रोटिनले संक्रमण पत्ता लगाउँछ । तर, गम्भीर कोभिड १९ भएका बिरामीमा यो प्रणाली अति सक्रिय भइदिन सक्छ ।

यदि धेरै साईटकाईन उत्पादन भयो भने त्यसले शरीरका स्वस्थ कोषलाई नै हानी पु¥याइदिन्छ । अति गम्भीर बिरामीमा हुने त्यो प्रक्रियालाई ‘साईटकाईन स्टोर्म’ भनिन्छ ।

कोरोना भाइरसको संक्रमण देखिएका बिरामी मुर्छा पर्ने वा पूरै कोमामा जाने पनि हुनसक्छ । यसले मस्तिष्कमा विभिन्न समस्या र मस्तिष्कभात पनि गराउन सक्छ ।

प्रतिरोध प्रणाली अति सक्रिय हुाँदा शरीरभित्रै रगत जम्न सक्छ । त्यसले मस्तिष्कमा राम्ररी रगतको आपूर्ति नहुन सक्छ । मस्तिष्कको सूजन, विक्षिप्तता र विस्मृतिजस्ता लक्षणहरु गम्भीर बिरामीमा देखा पर्न सक्छन् ।

औसतमा संक्रमित व्यक्तिहरु १४ दिन बिरामी पर्न सक्छन् । तर, धेरै मानिसमा लामो समय लक्षण देखिन सक्छ ।

श्वास फेर्न कटिनाइ र थकान केही व्यक्तिमा महिनौंसम्म हुन सक्छ ।

कोडिभ संक्रमणबाट मुक्त भएकी जुली भन्छिन्, ‘म लामो समय हिँड्न सक्दिनँ, किनभने मलाई श्वास फेर्न गाह्रो हुन्छ अनि बसौं बसौं हुन्छ । पहिला मलाई त्यस्तो कहिल्यै भएको थिएन ।’

गम्भीर लक्षण देखिने सम्भावना भएका व्यक्तिमा पाका उमेर भएका र विभिन्न स्वास्थ्य समस्या भएका व्यक्ति छन् । तर, कसको शरीरमा के हुन्छ भन्ने संक्रमण नभइ थाहा हुँदैन ।

त्यसैले सबैजनाले आफू सुरक्षित रहने उपाय अपनाउनु नै राम्रो हुन्छ ।
-बीबीसीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्