ढोरपानटनमा भीषण पहिरो २० भन्दा बढी बेपत्ता



बागलुङ ।यहांको ढोरपाटन नगरपालिकामा भीषण पहिरो जाँदा दर्जानौं मानिस बेपत्ता भएको आशंका गरिएको छ । ढोरपाटन नगरपालिकाको वडा ८ र ९ बीचमा पर्ने बोबाङको ठाउँ ठाउँमा खसेको पहिरोका कारण कैयन सम्पर्क बिहीन भएको आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले घटनाको बिवरण संकलन गर्ने काम भइरहेको जानकारी दिएको छ । उक्त पहिरोमा परेर २० भन्दा बढी मानिस हराइरहेको बताइएको छ । ढोरपान शिकार आरक्ष प्रबेश द्वारको रुपमा लिईने देउराली पहाडबाट ठुलो पहिरो खसेर कयौं गउँहरुमा क्षती पुरयाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्