नियमित रातो मासु खाने मानिसको आयु घट्छ !



खाद्य विशेषज्ञहरुले मासुका पारखीलाई सचेत गराउँदै रातो मासु नियमित खानाले उमेर अर्थात् जिउने आयु घट्ने चेतावनी दिएका छन् । मानिसहरु विभिन्न अवसरमा मासुको प्रयोग धेरै नै गर्छन् । चाहे विवाह भोज होस् या ब्रतबन्ध ।

त्यसैगरी वर्षदिनभरी परम्पराका रुपमा मनाईने चाडपर्व नै किन नहोस्, मानिसहरु मासुको प्रयोग गर्छन् । मासुबिना भोज वा पर्व नै आएजस्तो नलाग्ने बानी परिसकेको छ हाम्रो समाजमा । तर कस्तो मासु स्वास्थ्यका लागि उपयोगी छ र कस्तो चैं हानिकारक छ भन्ने बारेमा ज्यादै कम मानिसमात्र जानकार रहेको पाईन्छ ।

यसबारेमा अमेरिकी मेडिकल जर्नल बि।एम।जेले अध्ययन गरेर केही जीवन उपयोगी जानकारी सार्वजनिक गरेको छ । उसले सुँगुरको मासुको परिकार र हट डग जस्ता रातो मासु प्रयोग भएका परिकारले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने जनाएको छ । रातो मासु खाने प्रचलनले मानिसको औषत आयु घटाउने पनि अध्ययनबाट निष्कर्ष निकालिएको छ । अध्ययनमा भनिएको छ, दैनिकी रातो मासुको आधा के।जी।खायो भने त्यस व्यक्तिको बाँच्ने आयुको १० प्रतिशत अवधि घटाउँछ ।

यसैगरी, हार्वर्ड स्कुल अफ पब्लिक हेल्थका पोषणविद् डा। फ्रान्क हु भन्छन्,“हामीले रातो मासुको प्रयोग हटाई माछा, अन्न, दाल, कुखुराको मासु, र अरु तरकारीको प्रयोग गर्नु पर्छ । रातो मासुको खानकीले मृत्यु दर बढाउँछ र त्यसमा पनि प्रशोधित रातो मासु त झन् हानिकारक हुन्छ ।”

पोषण सम्बन्धि खोज
अध्ययनकर्ताले ५३ हजार ५५४ व्यक्तिमा अनुसन्धान गरेको दावी गरेका छन् । मानिसलाई हस्पिटलका नर्सहरुले रातो मासु खाने गरेको, नगरेको प्रश्न बनाएर ४ वर्षसम्म लगातार सोधेका थिए । प्रशोधन पछि डाटाहरुलाई रेकर्ड गरिएको थियो ।

अनुसन्धानकर्ताले रातो मासु कम खाने र अन्न, तरकारी र प्रोटिनयुक्त खानेकुरा बढि खाने मानिसमा अल्पायुमा मृत्युको असर कम हुने निश्कर्ष निकालेका थिए ।

डा।फ्रान्क हु भन्छन्,“रातो मासुको कम प्रयोग, प्रोटिन धेरै पाउने खानेकुरा, विरुवा जन्य खानेकुराले मुटुका विरामी र अरु प्रकारका मृत्यु दर घटाउँछ ।”

एरिजोना मायो क्लिनिकका डा। हिदर फिल्डस् भन्छन्,“अध्ययन महत्वपूर्ण छ ।” उनी भन्छिन्,“असरको बारेमा थाहा पाएर धेरै जनाले रातो मासु र प्रशोधित मासु खान छोडेका छन् । हामी लामो असर भएका रोगको उपचारको लागि खानेकुरा बदल्नु पर्छ । खानाको स्वादको लागि मात्र रुचाइनु राम्रो कुरा होइन त्यहाँ भएको पोषण नहेरीनु पनि बेठीक कुरा हो । ”

के हो त रेड मीट
साउथर्न क्यालिफोर्नियाका जैविक विज्ञानका प्रोफेसर भालटर लङ्गो भन्छन,“रातो मासुका कारण आयु घट्नु एकदम नै दुखद कुरा हो । अमेरिकनहरु रातो मासु बढि प्रयोग गर्छन् । यसमा भएको प्रोटिन त कारक नै होला । (एजेन्सीबाट)

प्रतिक्रिया दिनुहोस्