वास्तुकलाको उत्कृष्ट नमुना : ताजमहल



भारतको आगरा शहरमा स्थित ताजमहल एक समाधिस्थल हो । यसको निर्माण मुगल सम्राट शाहजहाँले आफ्नी रानी मुमताजको सम्झनामा गराए । ताजमहल मुगल वास्तुकलाको उत्कृष्ट नमुना हो । यसको वास्तुकला शैली फारसी, टर्की, भारतीय तथा इस्लामिक वास्तुकलाको घटकहरूको अनौठो मिश्रण हो । सन् १९८३ मा ताजमहल युनेस्को विश्व सम्पदा क्षेत्र बन्यो । यसको साथै यसलाई विश्व सम्पदाको सर्वत्र प्रशंसा पाउने, अत्युत्तम मानवीय कृतिहरूमध्येको एक बताइएको छ । ताजमहललाई भारतको इस्लामी कलाको रत्न पनि घोषित गरिएको छ । यसको निर्माण सन् १६४८ को लगभगमा पूरा भएको थियो । त्यस्ताद अहमद लाहौरीलाई प्रायः यसको प्रधान डिजाइनकर्ता मानिन्छ ।
ताजमहलको केन्द्रविन्दु हो, एक वर्गाकार आधारमा बनाइएको श्वेत सिंगमर्मरको समाधिस्थल । यो एक सममितीय भवन हो, जसमा एक भव्य विशाल वक्राकार (छतजस्तो) द्वार छ । यस भवनको माथि एक बृहत् गुम्बद सुशोभित छ । यसको मूल आधार एक विशाल बहुकक्षीय संरचना हो । यो प्रधान कक्ष घनाकार छ, जसको प्रत्येक किनारा ५५ मिटर छ । लामो किनाराहरूमा धेरै ठूलो पिस्ताक वा मेहरावाकार छाना भएका कक्ष द्वार छन् । यो माथि बनेको मेहराव भएका छतहरूसँग सामेल छ ।
मुख्य मेहरावको दुवैतर्फ एकका माथि अर्को शैलीमा, दुईवटैतर्फ दुईवटा अतिरिक्त पिस्ताक बनेका छन् । यसै शैलीमा कक्षको चार किनारहरूमा दुईवटा पिस्ताक (एकका माथि अर्को) बनेका छन् । यो रचना भवनको प्रत्येकतर्फ पूर्णतया सममितीय छ, जो कि यस भवनलाई वर्गको बदला अष्टकोण बनाउँछ, तर कुनाको चार भुजाहरू बाँकी चार किनारहरूदेखि पर्याप्त सानो भएको कारण यसलाई वर्गाकार भन्न उचित नै हुनेछ ।
समाधिस्थलको चारैतर्फ चार धरहरा मूल आधार चौकीको चार कुनाहरूमा, भवनको दृश्यलाई एक आवरणमा बाँधेको प्रतीत हुन्छ । मुख्य कक्षमा मुमताज महल एवं शाहजहाँको नक्कली समाधिहरू छन् । यी धेरै अलंकृत छन् एवं यसको सक्कली तल्लो तलमा स्थित छ । समाधिस्थलमा सर्वोच्च शोभायमान सिंगमर्मरको गुम्बद, यसको सर्वाधिक शानदार भाग हो । यसको उचाइ लगभग भवनको आधारको बराबर ३५ मिटर छ । यो एक ७ मिटर अग्लो बेलनाकार आधारमा स्थित छ । यसको शिखर एक उल्टो राखिएको कमलसँग अलंकृत छ । यसले गुम्बदको किनारहरूलाई शिखरमा सम्मिलन दिन्छ ।
मुख्य गुम्बदको किरीटमा कलश छ । यो शिखर कलश शुरुको सन् १८०० सम्म सुनको थियो र अहिले यो काँसको बनाइएको छ । यो किरीट–कलश फारसी एवं हिन्दू वास्तु कलाको घटकहरूको एकीकृत संयोजन हो । यो हिन्दू मन्दिरहरूको शिखरमा पनि पाइन्छ । यस कलशमा चन्द्रमा बनाइएको छ, जसको टुप्पो स्वर्गतर्फ इशारा गर्दछ । आफ्नो नियोजनको कारण चन्द्रमा एवं कलशको टुप्पो मिलेर एक त्रिशूलको आकार बनाउँछ, जो कि हिन्दू भगवान् शिवको चिह्न हो ।
मुख्य आधारको चार कुनाहरूमा चार विशाल धरहराहरू अवस्थित छन् । यी प्रत्येक ४० मिटर अग्ला छन् । प्रत्येक धरहरा दुईवटा छज्जीहरूद्वारा तीन समान भागहरूमा बाँडिएको छ । धरहराको माथि अन्तिम छज्जी छ, जसमा मुख्य भवनको समान नै छाना बनेको छ । यसमा त्यही कमलजस्तो आकृति एवं किरीट–कलश पनि छ । यी धरहराहरूमा एक खास कुरा छ, यो चारवटै बाहिरतर्फ थोरैजस्तो झुकेको छ ।
ताजमहलको बाह्य सजावट, मुगल वास्तुकलाको उत्कृष्ट उदाहरण हो । जसरी सतहको क्षेत्रफल बदल्छ, ठूलो पिस्ताकको क्षेत्र सानाभन्दा धेरै हुन्छ । त्यसको सजावट पनि यसै अनुपातमा बदल्छ । सजावट घटक रोगन वा लियनबाट अथवा नक्कासी एवं रत्न जडेर निर्मित छन् । इस्लामको मानव श्वरीय आकृतिको प्रतिबन्धलाई पूर्ण पालन गरिएको छ ।
ताजमहलमा पाइने सुलेखन फ्लोरिड थुलुठ लिपिको छ । यो फारसी लिपिबेत्ता अमानत खाँद्वारा सृजित हो । यो सुलेख जैस्प‍रलाई श्वेत सिंगमर्मरको फलकहरूमा जडेर गरिएको छ । सिंगमर्मरको सेनोटैफमा गरिएको कार्य अति नै नाजुक, कोमल एवं मिहिन छ । उचाइलाई ध्यान राखिएको छ । अग्लो फलकहरूमा त्यसै अनुपातमा ठूलो लेखन गरिएको छ, जसबाट कि तलबाट हेर्दा टेढापन प्रतीत नहोस् । पूरा क्षेत्रमा कुरानका श्लोकहरू, सजावटको निमित्त प्रयोग भएकाहरू छन् । हालै भएको शोधहरूबाट थाहा भएको छ कि अमानत खाँले नै ती श्लोकहरूको चुनाव पनि गरेका थिए ।
– मेघा बर्मा, जनकपुर ।

 

प्रतिक्रिया दिनुहोस्