छोराको विवाह गर्न पुगेका बुवा सम्धीनी लिएर फरार



ऐजेन्सी । भारतको गुजरातमा भएको एक घटनाले त्यहाँका मानिसहरु अचम्ममा परेका छन् । सो घटनाले प्रेम अन्धो हुन्छ भन्ने हरफलाई सत्य सावित गरेको छ ।

विवाहका लागि केटा पक्ष र केटी पक्ष दुवै राजीखुशी थिए तर अचम्मत तब भयो जब दुलाहाका बुबा र दुलहीकी आमा बेपत्ता भए । विवाहको एक हप्ता अगाडिनै दुलाहाका बुबाले सम्धीनी भगाएपछि उनीहरुको बिहे स्थगित भएको छ । बेहुलाका ४८ वर्षीय बुबा व्यापारी हुन् भने बेहुलीकी ४६ वर्षीया आमा राजनीतिक पार्टीकी कार्यकर्ता हुन् ।

पुस २५ गते भागेका उनीहरुले बाल्यकालदेखिनै छिमेकीको रुपमा एक अर्कालाई चिनेका थिए । बुबा सुरतको कतरगाम क्षेत्रबाट हराए भने आमा गुजरातको नवसारीमा आफ्नै घरबाट हराइन् । दुवै जना बेपत्ता भएपति परिवारले प्रहरीसमक्ष उजुरी दिएको भारतीय सञ्चामाध्यमले जनाएको छ ।

घटना फैलिएपछि एक नातेदारले उनीहरुले बाल्यकालदखिनै एक अर्कालाई चिनेको कुरा बाहिर ल्याएका छन् । एउटै टोलमा बस्ने हुनाले उनीहरू सानैदेखि मायामा परेको समेत खुलेको छ ।

विवाहपछि पनि सम्बन्ध रहेकाले उनीहरू भागेको हुनसक्ने साथीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्