चेल्सीको आधा दर्जन खेलाडीमा कोरोना



लन्डन, (एजेन्सी)
प्रि–सिजनको तयारीमा रहेका चेल्सीका ६ जना खेलाडीमा कोरोना भाइरस संक्रमण देखिएको छ।
अफ सिजनका बेला ग्रीसमा बिदा मनाएर फर्किएपछि प्रशिक्षण अघि गरिएको परीक्षणमा ६ जनामा कोरोना पोजिटिभ देखिएको बेलायती सञ्चार माध्यमले जनाएको छ। क्लबका ६ जना खेलाडीमा कोरोना देखिएको छ भने थप दुईजना आइसोलेसनमा बसेका छन्।
चेल्सीले कुन–कुन खेलाडीलाई पोजिटिभ देखिएको भन्ने कुरा भने सार्वजनिक गरेको छैन। द टेलिग्राफले जनाएअनुसार ६ जनामा कोरोना देखिएको र बाँकी दुई खेलाडी आफै क्वारेन्टाइनमा बसेको बताएको छ। गत साताको अन्तिममा चेल्सीले आफ्ना सबै खेलाडीको परीक्षण गरेको थियो। तर, त्यसमा आठजना खेलाडीले टिममा सम्पर्क गरेका छैनन्।
चेल्सीबाट खेलिरहेका अब्राहम र मोउन्ट नेसन्स लिगका लागि इंग्ल्यान्ड टिममा रहेका छन्। उनीहरू १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने भए पनि प्रशिक्षक गारेथ साउथगेटलाई भने टाउको दुखाइ बनेको छ। पछिल्लोपटक १२ क्लबका १४ खेलाडीमा कोरोना देखिएको छ। केही दिनअघि लिभरपुलका खेलाडीमा पनि कोरोना पोजिटिभ देखिएको थियो। चेल्सीले नयाँ सिजनको पहिलो खेल सेप्टेम्बर १४ मा ब्राइटनसँग खेल्नेछ। प्रिमियर लिगको नयाँ सिजन भने सेप्टेम्बर १२ बाट शुरू हुनेछ।

प्रतिक्रिया दिनुहोस्