बेन चेल्सीमा अनुबन्धित



लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर क्लब चेल्सीले लेस्टर सिटीका इंग्लिस डिफेन्डर बेन चिलवेललाई अनुबन्ध गरेको छ।
चेल्सीले २३ वर्षीय लेफ्टब्याक बेनलाई ५० मिलियन पाउन्डमा ५ वर्षका लागि अनुबन्ध गरेको जनाएको हो।

चेल्सीकी निर्देशक मरिना ग्रानोब्सकियाले आगामी सिजनका लागि तेस्रो अनुबन्धन पूरा गर्न पाउँदा निकै खुसी रहेको बताएकी छन्। उनले बेन आफ्नो छोटो उमेरमा प्रिमियर लिग, च्याम्पियन्स लिग र अन्तर्राष्ट्रियस्तरमा खेल्ने शीर्ष स्तरको अनुभव प्राप्त गरिसकेका खेलाडीको भएको बताएकी छन्।

लेस्टरका लागि १ सय २३ खेलमा ४ गोल गरेका बेनले इंग्ल्यान्डका लागि ११ क्याप जितेका छन्। सम्झौतापछि उनले चेल्सीसँग जोडिन पाउँदा निकै खुसी भएको बताए। उनले भने– ‘फ्रान्क लाम्पार्डको नेतृत्वमा रहेको टिमसँग जोडिन उत्सुक थिएँ। हामी अर्को सिजनमा यस सम्मानलाई प्रमाणित गर्नेर्छौँ।’

 

प्रतिक्रिया दिनुहोस्