वन फँडानी प्रकरणः मिलेमतोमै वन फँडानी, भागबन्डा नमिलेपछि वनकर्मीसमक्ष गुहार



राम धामी, डडेल्धुरा

डडेल्धुराको आलिताल गाउँपालिका–८ मा निर्मित डोला चक्रपथ सडक निर्माणका क्रममा स्थानीयस्तरमा मिलेमतोमै वन फँडानी भएको पाइएको छ ।

स्थानीयस्तरमा क्रियाशील राजनीतिक दलका नेता कार्यकर्ताहरू सामाजिक अगुवा, जनप्रतिनिधि र निर्माण व्यवसायीहरूको मिलेमतोमा वन फँडानी गरेको भए पनि काठ काटिएको लामो समयपछि रकममा कुरा नमिल्दा डिभिजन वन कार्यालय डडेल्धुरालाई जानकारी गराइएको स्थानीय बताउँछन् । स्थानीय एक अगुवाले नाम नछाप्ने सर्तमा भने– ‘सहमतिमै काठ काटिएपछि केही काठ आमा समँहको भवन निर्माणका लागि र केही अन्य सामाजिक कामका लागि छुट्ट्याइएको थियो ।’

चक्रपथ सडक निर्माण भइरहेको आलिताल गाउँपालिका–८ डोला र आसपासका बस्तीका बासिन्दाहरूको बैठक बसी सामाजिक कार्यका लागि केही काठ उपलब्ध गराउने र बाँकी काठ बिक्री गरेर सबैले रकम बाँडफाँड गर्ने सहमति भई काठ काटिएको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको वन अधिकारीहरीहरूको कथन छ ।

‘अनुसन्धानका क्रममा धेरै कुरा अहिले नै भन्न मिल्दैन’, डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख डलबबहादुर बोहराले भन्नुभयो–‘सामाजिकरूपमा मिलोमतो गरेरै वन फँडानी भएको हामीले जानकारी पाएका छांै ।’ असार मसान्त नजिकिँदै जाँदा निर्माण कार्य गरिएको सो सडकखण्ड आसपासका रुखहरू सोही अवधिमा काटिएका हुन् । काटिएका रुखका गोलिया बनाएर सडक खण्डभन्दा टाढा खोल्साखोल्सीमा लुकाइएको पाइएको छ भने केही काठ चिरेर बिक्रीसमेत गरेको स्थानीयको दाबी छ ।

काठ लुकाएर अवैधरूपमा बिक्री–वितरणसमेत गरिन थालेपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका स्थानीय केही नेता–कार्यकर्ताले वन फँडानीका बारेमा चासो राख्दै ८ देखि १० लाख रुपियाँ पार्टीलाई सहयोग गर्नुपर्ने माग राखेको र काठ बिक्री भइसकेपछि मात्रै रकम उपलब्ध गराउने सहमति गराउन खोज्दा कुरा नमिलेर उनीहरूले डिभिजन वन कार्यालयलाई गुहारेको सडक निर्माण गरिरहेको निर्माण कम्पनी उग्रतारा कन्सट्रक्सन सम्वद्ध स्रोतले जनायो ।

आलिताल गाउँपालिकाको समपँरक कोषबाट निर्मित सो सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा सडकको एलाइनमेन्टमा ६ वटा सालका रुख पर्ने उल्लेख छ । तस्करी गर्ने उद्देश्यले सडकको एलाइनमेन्टभित्र नपर्ने सालका रुखसमेत काटिएको स्थानीय बताउँछन् । आलिताल गाउँपालिकाले डोला चक्रपथ सडक निर्माणका लागि बोलपत्र आह्वान गरेपछि इब्रिडिङमार्फत उग्रतारा कन्ट्रक्सन प्रालिको ठेक्का सदर भएको थियो ।

८८ लाख ५८ हजार ७८ रुपियाँमा डोला चक्रपथ सडक निर्माणका लागि गत जेठ ३२ गते निर्माण कम्पनीका तर्फबाट आधिकारिक प्रतिनिधि मानसिंह घर्ती मगरले गाउँपालिकासँग सम्झौता गरेको थियो ।

सम्वद्ध स्रोतका अनुसार ठेक्का सदर भएको उग्रतारा कन्ट्रक्सन प्रालिले निर्माण व्यवसायीहरू मानसिंह घर्तीमगर, मोहन कठायत र वीरेन्द्रबहादुर शाहीसँग सम्झौता गरेर पेटी ठेक्का दिएको हो । परशुराम नगरपालिकाका नगरप्रमुख भीमबहादुर साउदको स्वामित्वमा रहेको राजेन्द्र निर्माण सेवा प्रालिद्वारा आलिताल गाउँपालिकाको रंगुन नदीमा निर्माणाधीन पक्की पुलमा समेत घर्तीमगर, कठायत र शाहीले पेटी ठेकेदारका रूपमा काम गर्दै आएका थिए ।

निर्माणाधीन सो पुलमा प्रयोग गरिएका हेभी इक्युमेन्ट र उपकरणहरू प्रयोग गरेर डोला चक्रपथ सडक निर्माण गरिएको स्थानीय बताउँछन् । पेटी ठेकेदारहरूले स्थानीयस्तरमा क्रियाशिल सत्तारूढ दल सम्बद्ध नेता–कार्यकर्ताहरूलाई माग गरिएअनुसार रकम दिन नसकेपछि सो प्रकरणको खुलासा भएको हो । स्थानीयबाट प्राप्त सँचनाका आधारमा डिभिजन वन कार्यालय डडेल्धुराले सशस्त्र वनकर्मीहरूको टोलीसहित सो सडक खण्डको निरीक्षण गर्दा गत शुक्रबार पहिलोपटक एक सय १० थान गोलिया सालको काठ बरामद गरेको थियो ।

प्रदेशसभा सदस्य कुन्ति जोशीको घरनजिकै ढालिएको रुखबाट उनका स्वकीय सचिवसमेत रहेका सहोदर भाइ शर्मानन्द जोशी र अन्य सामाजिक अगुवालाई पनि सहमतिमै काठ उपलब्ध गराइएको निर्माण व्यवसायी सम्वद्ध स्रोतको दाबी छ । पोलखोल्ने क्रम शुरू भएपछि जोशीको घरमा लुकाएर राखिएको काठ बरामद गर्न केही स्थानीयले वनकर्मीलाई दबाब दिएका थिए भने स्थानीयकै सँचनाका आधारमा डिभिजन वन कार्यालयको टोलीले दोस्रोपटक निरीक्षण गर्दा जंगल क्षेत्रबाट थप ४२ थान गोलिया सालको काठ बरामद गरेको थियो ।

जंगलमा बरामद गरिएको काठ संकलन गरेर आलिताल वन सब डिभिजन कार्यालयमा राखिएको छ । सांसद जोशीको घरमा बरामद गरिएको काठ भने उठाइएको छैन । सुदँरपश्चिम प्रदेशसभामा समाजिक समितिकी सभापतिसमेत रहेकी सांसद जोशीको घरमा गोलिया सालको काठ अन्दाजी ६० क्युफिट र चिरान गरिएको सालको काठ तीन क्युफिट बरामद गरिएको छ भने २०÷२२ थान गोलिया दुई फिट लम्बाईभित्र पर्ने दाउरासमेत बरामद गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।

जंगल क्षेत्रमा अझै काठ लुकाइएको हुन सक्ने आशंकामा खोजबिन कार्य जारी रहेको र सो प्रकरणको गम्भीर किसिमले अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय डडेल्धुराका निमित्त प्रमुख बोहरा बताउनुहुन्छ । गाउँपालिकाको कार्यालयबाट सो सडक योजनासम्बन्धी सम्पँर्ण कागजात झिकाइएको र सरकारी वकिल कार्यालयसँग नियमित परामर्श भइरहेको उहाँले जानाउनुभयो । सो घटनाको थप अनुसन्धानपछि सबुत प्रमाणका आधारमा दोषीउपर कारबाही माग गर्दै मुद्दा चलाइने डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ ।

यसअघि गत आइतबार सुदँरपश्चिम प्रदेशसभाको अर्थ, विकास तथा प्राकृतिक स्रोत समितिको पाँच सदस्यीय सांसदको टोलीले सो प्रकरणको स्थलगत अध्ययन गरेको थियो । स्थलगत अध्ययनका क्रममा डोला चक्रपथ सडक रुख काटेर तस्करी गर्ने नियतबाट निर्माण गरिएको संसदीय समितिको ठहर छ । आलिताल गाउँपालिकाअन्तर्गतको गोदाम बजारदेखि डोला गाउँ जोड्ने सडकको निर्माणका क्रममा रजनी सामुदायिक वन र राष्ट्रिय वनक्षेत्रमा रहेका रुख अवैधरूपमा काटिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्