छोराछोरीलाई निजी विद्यालयमा पढाउने तीन सरकारी शिक्षकलाई कारवाही



न्युज अफ नेपाल, काठमाडौँ ।

दैलेखको गुँरास गाउँपालिकाले श्री कृष्ण माविमा कार्यरत तीन जना शिक्षकलाई कारवाही गरेको छ ।

विद्यालयमा कार्यरत शिक्षक रोशनी मल्ल, पदम बहादुर नेपाली र कमला कुमारी चन्दलाई कारवाही गरिएको गाउँपालिकाका प्रमुख प्रशाकिीय अधिकृत राम बहादुर बूढाले जनाएका छन् ।

सरकारी विद्यालयमा कार्यरत उनीहरुले आफ्ना बालबच्चालाई भने निजी विद्यालयमा भर्ना गरेको थाहा पाएपछि याउँपालिकाले कारवाही गरेको हो । उनीहरुलाई दस /दस हजार रुपैँया जरीवाना तोकीएको छ ।

प्रतिक्रिया दिनुहोस्