जोकोभिच क्वार्टरफाइनलमा



न्युयोर्क, (एजेन्सी)
नोभाक जोकोभिच वेस्टर्न एन्ड साउदर्न ओपनको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। प्रतियोगिताअन्तर्गत अन्तिम १६ को पुरुष एकलतर्फको खेलमा विश्व नम्बर एक नोभाक जोकोभिकले आयोजक अमेरिकाका टेनी स्यान्डग्रेनलाई ६–२, ६–४ ले पराजित गरेका हुन्। त्यस्तै, ग्रीसका सितसिपासले पनि अमेरिकाकै इस्नरलाई ७–६ (७–२), ७–६ (७–४) ले हराउँदा इटालीका बेरेटिनीले अमेरिकाका ओपेल्कालाई ६–३, ७–६(७–४) ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेका छन्।

न्युयोर्कमा नै जारी प्रतियोगिताको महिला एकलतर्फ बेलायती नम्बर एक टेनिस खेलाडी जोहान्ना कोन्टा पनि क्वार्टरफाइनलमा प्रवेश गरेकी छन्। तेस्रो चरणको खेलमा रसियन खेलाडी भेरा जेभोनारेभालाई पराजित गर्दै कोन्टा पनि क्वार्टरफाइनलमा प्रवेश गरेकी हुन्। कोन्टाले भेरालाई ६–४ र ६–२ को सेटमा पराजित गरेकी थिइन्। कोन्टाले अब अमेरिकी खेलाडी सेरेना विलियम्सस“ग खेल्नेछिन्। सेरेनाले ग्रीककी मारिया साक्करीलाई ७–५, ६–७ र ६–१ को सेटमा पराजित गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्