चन्द्रकला घटनाको भत्र्सना, संघले सहयोग गर्ने



नेपाल समाचारपत्र, काठमाडौं
नेपाल एथ्लेटिक्स संघले राष्ट्रिय खेलाडी चन्द्रकला लामगादेमाथि भएको आक्रमणको भत्र्सना गर्दै उपचारका लागि सहयोग गर्ने भएको छ। सोमबार राति झापाको मेचीनगरमा जातीय विभेदका कारण कुटपिटमा परेर अस्पताल भर्ना भएकी राष्ट्रिय खेलाडी चन्द्रकलाको उपचारका लागि नेपाल एथ्लेटिक्स संघले तत्काल २१ हजार रुपिया“ सहयोग गर्ने भएको छ।

नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले कीर्तिमानी खेलाडी चन्द्रकलालाई हाल आर्थिक खाँचो रहेकाले तत्काल संघको तर्फबाट २१ हजार रुपियाँ सहयोग गर्ने बताएका हुन्। यसका साथै उनले यो घटनाको घोर भत्र्सना गरेको र यस्तो गतिविधिले खेलकुदलाई ठूलो असर गर्ने बताए।

नेपाली समाजमा जातीय विभेदका कारण पनि हालको अवस्थामा यस्तो घटना हुनु निकै दुःखद पूर्ण रहेको शाहको भनाइ छ। त्यस्ता व्यक्तिलाई कारबाहीका लागि पनि नेपाल एथ्लेटिक्स संघले माग गर्ने बताए। चन्द्रकला नेपाल प्रहरीमा आबद्ध एथ्लेटिक्सकी खेलाडी हुन्।

गर्भवतीसमेत रहेकी चन्द्रकलामाथि सोमबार झापामा जातीय भेदभावको नाममा हमला भएको थियो। उनीमाथि भएको यस्तो निन्दनीय कार्यको सर्वत्र विरोध भइरहेको छ। यो घटना मानव सभ्यतालाई नै कलंकित बनाउने दुर्घटनाको रूपमा समेत व्याख्या गरिएको छ। जातीयरूपमा होच्याउँदै उनीमाथि आक्रमण गर्नेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले पक्राउ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्