रियल मेड्रिडलाई युथ लिगको उपाधि



लन्डन, (एजेन्सी)
स्पेनिस क्लब रियल मेड्रिडले यूईएफए युथ लिग च्याम्पियनसिप जितेको छ।
मंगलबार राति नियोनमा भएको फाइनलमा बलियो पोर्चुगिज क्लब बेन्फिकालाई ३–२ को गोलअन्तरले हराउ“दै रियल पहिलोपटक युथ लिग च्याम्पियन बनेको हो। क्लबका पूर्वफरवार्ड राउल गोन्जालेजको प्रशिक्षणमा रहेको टोलीका लागि रोड्रिग्वेज र गुइटिरेजले गोल गर्दा एक गोल उपहार पाएको थियो। बेन्फिकाका लागि गोन्कालो रामोसले दुई गोल गरे पनि हार टार्न सकेन।
खेलको २६औं मिनेटमा रोड्रिग्वेजको गोलबाट रियलले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफको इन्ज्युरी समयमा हेनरिक जोकुले आत्मघाती गोल गरेपछि रियलले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो। खेलको४९औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै बेन्फिकालाई खेलमा फर्काएका थिए। तर, त्यसको एक मिनेटपछि नै गुइटिरेजले गोल गर्दै रियललाई खेलमा ३–१ ले अघि बढाए। ५७औं मिनेटमा गोन्कालोले अर्काे गोल थप्दै रियललाई ३–२ को जित दिलाएका थिए।
यूईएफएले युवा खेलाडी उत्पादनको परियोजनालाई ध्यानमा राख्दै २०१३ बाट युथ लिगको अवधारणा अघि सारेको थियो। युथ लिग बार्सिलोना र चेल्सीले समान दुईपटक जितेका छन्। त्यस्तै, साल्जबर्ग र पोर्टाेले पनि समान एक–एकपटक उपाधि जितेका छन्।

प्रतिक्रिया दिनुहोस्