सुपर कपमा ३० प्रतिशत दर्शक रंगशालामा



लन्डन, (एजेन्सी)
यूईएफए सुपर कप फुटबल हेर्न ३० प्रतिशत दर्शकले रंगशाला प्रवेश गर्न पाउने भएका छन्।
युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सुपर कपको फाइनलमा ३० प्रतिशत दर्शकलाई रंगशालामा प्रवेश गर्न दिने निर्णय गरेको छ। जर्मन क्लब बायर्न म्युनिख र स्पेनिस क्लब सेभियाबीच हुने सुपर कप हंगेरीको राजधानी बुडापेस्टको पुस्कस एरिनामा सेप्टेम्बर २४ मा हुनेछ।
सुपर कपमा च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताले प्रतिस्पर्धा गर्नेछन्। यस सिजन बायर्न म्युनिखले च्याम्पियन्स लिग र सेभियाले युरोपा लिगको उपाधि जितेका थिए। यूएईएफएले अन्य खेलहरू भने बन्द रंगशालामै खेलाउने निर्णय गरेको छ। तर, केही दिनअघिबाट शुरू भएको फ्रेन्च लिग वानका खेलहरू हेर्न भने ५ हजार दर्शकलाई रंगशालामा प्रवेश गराइएको छ।

प्रतिक्रिया दिनुहोस्