लट्टेको कमेडी



कोरोना महामारीका कारण देशका थुप्रै ठाउँमा निषेधाज्ञा र लकडाउन लगाइएको छ। निषेधाज्ञा र लकडाउन लगाइएका र नलगाइएका दुवै ठाउँमा कोरोनामा संक्रमणका कारण यस वर्षको तीज प्रभावित हुन पुगेको छ।
निषेधाज्ञा र लकडाउन लगाइएका ठाउँमा त हरितालिका तीज शून्य प्रायः नै बन्न पुग्यो। यसका कारण कतिपय चेली न माइत जान पाए, न त पहिलेजस्तै साथीसंगी भेला भएर नाचगान गर्दै तीज मनाउनै पाए।

यो विषम परिस्थितिमा माइत जाने र तीज मनाउने धेरै नारीको आशा निरामा परिणत हुन पुग्यो। यसै सन्दर्भमा मुन्द्रे कमेडी क्लबका चर्तित पात्र लट्टे (राजेन्द्र नेपाली) ले एक अनलाइन लघु फिल्म तयार पारेका छन्। यो लघु फिल्ममा लट्टे आफ्नो प्रेमिकासँग भेट्ने बाहनामा श्रीमतीलाई जबरजस्ती माइत पठाउँछन्। आफू भने प्रेमिकासँग मस्त हुन्छन्।

माइत जाने बहानामा लट्टेलाई भेट्न हिँडेकी उनको प्रेमिकालाई लट्टेकी श्रीमतीलाई बाटोमै फेला पार्छिन्। र दुवैको पोल खुल्छ। अनि हुन्छ लुछाचुँडी। निषेधाज्ञा र लकडाउनका कारण तीज मनाउन नपाई निरास भएकालाई मनोरञ्जन प्रदान गर्न तयार पारिएको लघु फिल्ममा लट्टे अर्थात् राजेन्द्रलाई उनकै श्रीमती सीमा नेपालीले साथ दिएकी छन् भने लक्ष्मी क्षेत्री र सागर आचार्यले पनि यसमा अभिनय गरेका छन्।

फलानो क्रियसनको ब्यानरमा निर्माण गरिएको अनलाइन लघु फिल्ममा छायांकन रोबर्ट घिमिरे र सम्पादन सुवास अमागाईंको रहेको छ। फिल्म रेखा घिमिरेको कार्यकारी निर्माणमा तयार पारिएको हो भने लेखन र निर्देशन टीकाप्रसाद अमागाईंको रहको छ।

प्रतिक्रिया दिनुहोस्